क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठिमी अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठिमी अधिवेशन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर ठिमी नगरको एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सङ्गठन समिती सदस्य शक्तिको नेतृत्वमा सात सदस्यीय नगर सङ्गठन समिति गठन गरेको छ ।
अधिवेशनमा केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सरु, महाधिवेशन सदस्य तथा भक्तपुर जिल्ला संयोजक बिश्वास र महाधिवेशन सदस्य तथा भक्तपुर जिल्ला सह संयोजक बिवेकको उपस्थिति थियो । अधिवेशनमा बोल्दै जिल्ला इन्चार्ज कमरेड सरुले यथास्थितिवादी र पश्चागामी शक्तिहरुले अग्रागामी सोच र चिन्तनलाई घेरा बन्दि गरेकोले त्यसलाई क्रान्तिकारी धारले चिर्दै अघि वढ्ने बताए । त्यसैगरी जिल्ला संयोजक बिश्वासले पार्टी सङ्गठन, राजनीतिक, बैचारिक र कार्यदिशा कार्यनीति कार्यक्रमको बुझाइमा एकरुपता हुनुपर्नेमा जोड दिदै राष्ट्रियता जनतन्त्र र जनजिविकाको संघर्ष उठान गर्नु पर्नेमा जोड दिए । त्यसै गरि जिल्ला सहसंयोजक बिवेकले सामन्तवादको नेता र नाइके राजा ल्याउन एउटा पश्चगामी तत्व लागि रहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाको विकल्प सामन्तवाद नभई बैज्ञानिक समाजवाद विकल्प भएको बताए ।
नगर एकता अधिवेशन प्रदेश सङ्गठन समिति सदस्य तथा ठिमी नगर इन्चार्ज छत्रको अध्यक्षतामा र शक्तिको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :