प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाले प्राइम कमर्सियल बैङ्क, दमकडालाई सर्वसाधारणमाथि जालसाजी गरी जग्गा हडप्ने उद्देश्यले प्रताडित बनाएकाले उक्त कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।
पार्टीले उक्त बैङ्कका प्रबन्धक दीपक थापालाई विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सहयोग पु¥याउने काम स्थगन गरी पार्टीको न्याय विभागमा उपस्थिति हुन अनुरोध पनि गरेको छ ।
पार्टीको न्याय विभागले बैङ्कका प्रबन्धक थापालाई पठाएको पत्रमा ७ दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :