पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

चितवन : क्रान्तिकरी कम्युनिस्ट पार्टी, नेपाल चितवनले जिल्ला सदस्य रमेश पौडेल ‘नविन’ लाई अनुशासनको कारबाही गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरेको छ । मङ्गलबार जिल्ला संयोजक विकासले प्रेस विज्ञप्ति निकाली रमेश पौडेल ‘नविन’ पार्टीको नीति, विधि र पद्धति बिपरीत गुटबन्दीजन्य क्रियाकलापमा सक्रिय देखिएकोले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको जानकारी गराएका हुन् ।

जिल्ला संयोजक विकासले विज्ञप्तिमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला सङ्गठन समितिका सदस्य रमेश पौडेल ‘नविन’ ले पार्टीको नीति, विधि र पद्धति बिपरीत गुटबन्दीजन्य क्रियाकलापमा सक्रिय देखिएको हुँदा आजको मितिदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको कुरा यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :