लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

घोराही : देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् ।

दाङ घोराहीमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाएका हुन् । पीडितहरूले सहकारी तथा लघुवित्तीय संस्थाहरूबाट आफूहरू शाेषित भएको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने मागसहित ज्ञापन-पत्र बुझाएको समितिका उपाध्यक्ष गगन विकले मुलबाटाे अनलाइनलाई बताए ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा लघुवित्तबाट धेरै किसान तथा श्रमजीवी जनता पीडित बनेका गुनासो आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :