अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न भएको छ ।

काठमाडौँमा शनिबार सम्पन्न भेलाले संयोजक मिमबहादुर ऐडी, सहसंयोजक कल्पना तामाङ र दिनेश नेपाली रहेको ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

सङ्गठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौँ जिल्ला सहसंयोजक रणबहादुर विकको विशेष आतिथ्य रहेको थियो ।

अन्य अतिथिहरूमा सङ्गठनका केन्द्रीय सहसंयोजक वीरेन्द्र शाह, कार्यालय सदस्य तथा छात्रा विभाग प्रमुख रूपा बुढामगर, सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उषाकिरण आजाद, सहसंयोजक हरि बिष्ट, सचिवालय सदस्यद्वय गोविन्द बिष्ट, डीबी शाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य हरि चन्द ‘अविरल’, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक वीरेन्द्र नेपाली, सहसंयोजक तथा त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद, केन्द्रीय सदस्य तथा आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, केन्द्रीय सदस्य पशुपति क्याम्पस संयोजक स्टालिन बस्नेत, केन्द्रीय सदस्य राहुल, शङ्करदेव क्याम्पस संयोजक लोकराज शाही, युवा सङ्गठनका नेता बादल घर्तीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :