क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश सङ्गठन समिति इन्चार्ज सुदर्शनले मसाल बालेर एकता अधिवेशन उद्घाटन गरे ।

अधिवेशनमा विशेष अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयोजक अटल, अतिथिहरूमा ३ प्रदेश सहसंयोजक तथा ३ नम्बर प्रदेश समूह (ग) इन्चार्ज शरद र महाधिवेशन आयोजक समिति सदस्य तथा ३ नम्बर प्रदेशअन्तर्गत जनस्वयम्सेवकका सदस्य जीवित उपस्थित थिए । कार्यक्रमको सञ्चालन पार्टी महाधिवेशन आयोजक समितिका सदस्य तथा जिल्ला संयोजक रोजनले गरेका थिए भने अध्यक्षता केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज शारदा महतले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले पार्टी एकताको प्रारम्भदेखि नै आफू लागेको र क्रान्तिलाई केन्द्र भागमा राखेर पार्टी एकता गरेको बताए । उनले पार्टीको सैन्य कार्यदिशा, कार्यनीतिक कार्यक्रम, योजना, राजनीतिक कार्यदिशा प्रस्ट पार्दै प्रशिक्षणात्मक र निर्देशनात्मक मन्तव्यसहित शुभकामना व्यक्त गरे ।

प्रदेश संयोजक तथा केन्द्रीय कार्यालय सदस्य अटलले पार्टीको एकता अधिवेशनलाई शुभकामना दिँदै अरू कम्युनिस्ट भनिने वामपन्थी र दक्षिणपन्थीहरूलाई मिलेराँवादीको सङ्ज्ञा दिए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा नै यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश सहसंयोजक तथा समूह ग का इन्चार्ज शरदले एकता अधिवेशन ढिला भए पनि राम्रो हुनका लागि ढिला भएको, एकताको सन्देश राम्रो गएको र भक्तपुरको पार्टी एकताबद्ध भएर जिल्लाका विभिन्न अन्तरविरोध पहिल्याएर पार्टीले गतिविधि अघि बढाएमा क्रान्ति अघि बढ्ने विश्वास लिएको बताए ।

एकता अधिवेशनले पारित गरेका निर्णय सार्वजनिक गर्दै कार्यक्रमकी अध्यक्ष शारदा महतले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रम सञ्चालक रोजनले क्रान्तिकारी युवा तप्कालाई मात्र नभएर खिया लागेको हतियारलाई सान लगाएझैँ पुराना–पाका नेताहरूलाई पनि युवा जोसका साथ क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न आह्वान गरे । उनले नेतृत्वलाई विगतका नताहरूले झैँ पटकपटक धोका र गद्दारी नदोहोर्याउन खबरदारी गरे ।

पूर्व नेकपा (बहुमत) र पूर्व नेकपा (क्रान्तिकारी माओवादी) बीच केन्द्र, प्रदेश, जिल्ला हुँदै नगर/गाउँ, वडा, एकाइसम्म एकता प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :