गिरफ्तार सम्पूर्णलाई अविलम्ब रिहाइ गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

गिरफ्तार सम्पूर्णलाई अविलम्ब रिहाइ गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

काठमाडौँ : एमसीसी खारेजी आन्दोलनको क्रममा पार्टीका केन्द्रीय नेताहरु गिरफ्तार पर्न थालेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सरकारको तीव्र विरोध गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय स्वाधीनता तथा जनजीविकासँग सम्बन्धित माग राखेर शान्तिपूर्ण भित्तेलेखनमाथि गरिएको प्रहरी दमन दाहाल सरकारको अमेरिकी साम्राज्यवादप्रतिको भक्ति र जनताको देशभक्तिपूर्ण आन्दोलनबाट पैदा भएको आतंकको परिणाम भनिएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दै गिरफ्तार हुनुभएका सम्पूर्ण कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाइ सरकारको राष्ट्रघाती, जनघाती तथा फासीवादी कदमका विरुद्ध सडकमा उत्रिन हार्दिक अपील गर्दछ ।”

वक्तव्यमा भनिएको छ, “आज काठमाण्डु जिल्लाको लप्सी फेदी, जरसिं पौवाबाट हाम्रो पार्टीका सचिवालय सदस्य कमरेड सुरेश श्रेष्ठ, महाधिवेशन आयोजक समिति सदस्य द्वय कमरेड केदार खतिवडा र कमरेड प्रभात भट्टराईलाई प्रहरीले गिरफ्तार गरी साँखु प्रहरी चौकीमा लगी बन्दी बनाएको छ । उहाँहरु पार्टीको केन्द्रीय नीति तथा योजना अनुसार एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महङ्गी नियन्त्रणको माग राखी भित्तेलेखन गर्दै हुनुहुन्थ्यो । त्यसै गरी आजै भित्तेलेखनकै क्रममा महाधिवेशन आयोजक समिति सदस्य कमरेड ढोग प्रसाद उपाध्याय सहित कमरेड असल मोक्तान र मेजरमान थिङलाई काभ्रेको बनेपाबाट प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रिय स्वाधीनता तथा जनजीविकासँग सम्बन्धित मागराखेर शान्तिपूर्ण भित्तेलेखनमाथि गरिएको प्रहरी दमन दाहाल सरकारको अमेरिकी साम्राज्यवाद प्रतिको भक्ति र जनताको देशभक्तिपूर्ण आन्दोलनबाट पैदा भएको आतंकको परिणाम हो । हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दै गिरफ्तार हुनुभएका सम्पूर्ण कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाइ सरकारको राष्ट्रघाती, जनघाती तथा फासिवादी कदमका विरुद्ध सडकमा उत्रिन हार्दिक अपील गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :