थबाङका अध्यक्ष वेपत्ता

काठमाडौंः थबाङ गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका स्थानीय नेता वीरबहादुर घर्ती बिहिबार रातीदेखि सम्पर्क विहिन भएका छन् । उवा निवासी ‘वियोग’ नामले चिनिने घर्तीलाई रोल्पा थबाङ २ स्थित ससुराली घरबाट एक समूहले जबरजस्ती लिएर अज्ञात स्लथतिर गएको बताइएको छ । रोल्पा प्रहरी उपरीक्षक वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै खोजी जारी रहेको बताएका छन् । सो घटनाका सम्बन्धमा ०८७–४४९१३३ मा पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । विप्लव नेतृत्वको नेकपाले थवाङमा ३१ गते प्रचण्ड–महरा भ्रमणको विरोध गरिरहेको बेला भएको त्यो घटनालाई रहस्यमय रुपमा हेरिएको छ ।

२०७४ भदौ ३० गते ११ः३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :