भारतमा ‘अखिल भारत प्रवासी नेपाली एकता समाज’ प्रति बढ्दैछ आकर्षण

भारतमा ‘अखिल भारत प्रवासी नेपाली एकता समाज’ प्रति बढ्दैछ आकर्षण

नयाँ दिल्ली : ३० जुलाई २०२३ मा भारतको पन्जाब राज्यको होसियारपुर जिल्लामा भारतमा क्रियाशील संगठन प्रवासी नेपाली एकता मञ्च भारत र नेपाली एकता समाज भारतको बिचमा एकता अधिवेशन सम्पन्न भएको छ । दुवै संगठनहरु मिलाएर अखिल भारत प्रवासी नेपाली एकता समाजको घोषणा गरिएको छ । दुवै संगठनका केन्द्रीय समितिहरुको अधिवेशन ९ जुलाई २०२३ का दिन भारतको हरियानाको सोनिपतमा सम्पन्न भएको थियो । सो एकता अधिवेशनले अखिल भारत प्रवासी नेपाली एकता समाज निर्माण गरेको थियो ।

अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय समितिका सदस्य राम बाहादुर कौशलले सञ्चालन गरेको एकता अधिवेशनको अध्यक्षता केन्द्रीय समितिका सदस्य अशोक शर्माले गर्नुभएको थियो । राज्य एकता अधिवेशनको प्रमुख अथिति अखिल भारत प्रवासी नेपाली एकता समाजका इन्चार्ज देविदत्त पाण्डेयले रिवन काटेर संयुक्त अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको अथितीहरुमा अखिल भारत प्रवारी नेपाली एकता समाजका केन्द्रीय सहसयोजक गोबिन्द पाण्डे, केन्द्रीय सचिवालया सदस्य बिर बाहादुर गौतम केन्द्रीय सचिवालया सदश्य मिलान के सि केन्द्रीय सदश्य हरु रामु सुमा पौडेल कमला गौतम चेतमान भण्डारी सुमन्त, केस बलवन्त नेपाली रहनु भएको थियो । अधिवेशनले राम बाहादुर कौसश संयोजक र बलवन्त नेपाली सहसंयोजक रहने गरी ४५ जानाको पन्जाब जम्मुकस्मिर सयुक्त राज्य संगठन समितिको घोषणा गरिएको छ ।

नव निर्वाचित राज्या समितिलाई कार्याकाल सफल्ताको सुभकामना सहित बधाई मन्तब्य दिनेमा केन्द्रीय समितिका सचिवालया सदस्य तथा पन्जाव राज्य समितिका इन्चार्ज बिरबाहादुर गौतमले गर्नु भएको थियो । अन्तमा अधिवेशनका अध्यक्ष अशोक शर्माद्वारा आफना भनाईहरु राखदै र सबै उपस्थित साथीहरुलाई धन्यावाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

यसैगरी ३० जुलाई २०२३ का दिन नै अखिल भारत प्रवासी नेपाली एकता समाजको कर्नाटक राज्य समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय संयोजक आनन्द थापाको प्रमुख आतिथ्यतामा र अखिल भारत प्रवासी नेपाली एकता समाजका कार्यालया सदस्य हरिशचन्द्र, सचिवालया सदस्य दिनेश रावल, लक्ष्मण बुडाको उपस्थितीमा कर्नाटक राज्यको बेंगलोरमा एकता अधिवेशन सम्पन्न भएको हो ।

एकता अधिवेशनले जनक जपरेल संयोजक र रमेस विक सह संयोजक रहने गरी २१ सदस्यीय कर्नाटक राज्य संगठन समितिको घोषणा गरेको छ । नयाँ निर्वाचित राज्य समितिलाई प्रशिक्षण अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीया संयोजक आनन्द थापाले दिनु भएको थियो भने शुकामना हरिश चन्द, दिनेश रावल, लक्ष्मण बुडा लगायतले बधाई दिनु भएको थियो । अन्तमा अधिवेशनका अध्यक्ष लक्ष्मण बुडाद्वारा सबैजानालाई धन्यवाद दिदै कार्याक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :