माओवादीद्वारा फिडेल क्यास्ट्रोको निधन पछि अभिनन्दन व्यक्त

dharmendra-bastola
धर्मेन्द्र बास्तोला नेकपा (माओवादी) स्थाई समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज

काठमाडौंः मंसिर १२, नेकपा (माओवादी) अन्तर्राष्ट्रिय विभागले क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको निधन पछि गहिरो सम्वेदना प्रकट गरेको छ ।

प्रेश वक्तव्य सहित नेपालीमा अनुवाद

क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको २५ नोवेम्बर २०१६ मा ९० बर्षको उमेरमा मृत्यु भएको छ । जसले आफ्नो जीवन भरी अन्तर्राष्ट्रिय आन्दोलनको शिर उचो पार्ने काम पार्ने गरे । उनले अमेरिकी साम्राज्यवादलाई चुनौती दिई रहे । अमेरिका र सोभिएत संघको बीचको टकराव चलिरहेको वेला क्यास्ट्रोको नेतृत्वमा क्युवाली क्रान्तिले जनताको शिर उच्च बनाउने काम गरे ।

उनले क्रान्तिकारी कमरेड चे ग्वोभेरासँग मिलेर कम्युनिस्ट स्प्रिटको समाजवादको अभ्यास गरे । प्रभाव क्युवाली क्रान्ति पश्चात ल्याटिन अमेरिकी र क्यारेवियन देशहरुका जनता साम्राज्यवाद विरुद्ध्मा मुक्तिको लडाई लड्न प्रेरित भए सँगै समाजवादको जग पनि तयार पारे । तैपनि सोभियत संघमा खुस्चेवको उदय संगै सोभियत संघ र समाजवादी चीन बीचमा महान विवाद भई रहदा कतिपय सिमाहरु देखा परे पनि क्युवाली जनताको नेतृत्व गर्दै क्यास्ट्रोले अमेरिकी साम्राज्यवादको नाक मुनि बसेर समाजवादको खम्वा बनेर क्युवालाई उभ्याए ।

कमरेड फिडेल क्यास्ट्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चम्किलो तारा भएर रहिरहने छन् । हामी क्युवाली जनतालाई स्वाधिन बनाउने महान नेता क्यास्ट्रो प्रती अभिनन्दन व्यक्त गर्दछौं ।

nepal-communist

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :