क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको जिल्ला एकता अधिवशेन तथा बैठक सम्पन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको जिल्ला एकता अधिवशेन तथा बैठक सम्पन

कैलाली : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ७ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको जिल्ला एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । बैठकले प्रकाश रावल ‘अनमोल’ को संयोजकत्वमा ८३ सदस्यीय जिल्ला सङ्गठन समिति निर्वाचित गरेको छ । साथै उक्त बैठकले समितिको सह-संयोजकमा विन्तीराम चौधरीलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इञ्चार्ज गुणराज लोहनी ‘प्रविर’ ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताए । त्यसैगरी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ७ नं. प्रदेश संयोजक महानले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले वर्गसङ्घर्ष गर्ने तयारी गरेको बताए । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डाइमन्डले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताका साथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गरे ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य सङ्घर्ष र शिखरले बोलेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य रुद्र, टंक र देवीराम लगायतको उपस्थिति रहेको थियो ।

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्ला स्तरमा एकता अधिवशेनमार्फत पूर्णता दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :