क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोलखाको एकता अधिवेशन सम्पन्न

चरीकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशअन्तर्गत दोलखा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण जिल्ला सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ । एकता अधिवेशनले अभियानको संयोजकत्वमा ४ जना पछि थप्ने गरी २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।

कार्यक्रम पार्टी कार्यालय सदस्य तथा ३ नं. प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ३ नं. प्रदेश सहसंयोजक शरद, पार्टीका दोलखा जिल्ला इन्चार्ज गोविन्द र ३ नम्बर प्रदेश सल्लाहकार सदस्य जानुका अतिथि रहेका थिए ।

दोलखा जिल्ला संयोजक अभियानको अध्यक्षता र सहसंयोजक अन्जानको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिष्णुले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :