क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश अन्तर्गत चितवनको जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।

शुक्रबार चितवनको बालकुमारी कलेजमा सम्पन्न एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले संयोजक विकास र सह–संयोजक विजयको संयोजकत्वमा ११ जना पछि थप्नेगरि १३५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ । साथै अधिवेशनले जिल्ला सल्लाहकार समितिसमेत गठन गरेको छ ।

केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यालय सदस्य तथा ३ नं. प्रदेश संयोजक अटलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य शार्दूल, सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुवलगायतको आतिथ्यता रहेको थियो ।

चितवन जिल्ला संयोजक विकासको अध्यक्षता र सह–संयोजक विजयको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बाबुराम प्यासीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :