क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

जनकपुरधाम : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको एकता अधिवेशन, प्रशिक्षण र बैठक असार ९ र १० गते धनुषाको वीरेन्द्रबजारमा सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरवको प्रमुख आतिथ्य, मधेस प्रदेश इन्चार्ज सागरको आतिथ्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेस प्रदेश संयोजक रमेशको अध्यक्षतामा अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाबाट उल्लेख्य सहभागिता रहेको थियो । एकता अधिवेशनले ९४ सदस्यीय मधेस प्रदेश समिति चयन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच गत वैशाख १८ गते १३४ औँ मजदुर दिवसका अवसरमा एकता भएको थियो । सबै प्रदेशमा एकता अधिवेशन, प्रशिक्षण तथा वैठक सम्पन्न गर्ने केन्द्रीय योजना रहेको छ । यसैअनुरूप जिल्ला, पालिका र वडासम्म कार्यक्रम चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :