हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

जनगणतन्त्र कोरियाद्वारा अमेरिका र दक्षिणकोरियाबीचको तथाकथित ‘वासिङ्टन घोषणा’ को विरोध

हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

प्योङयाङ : जनगणतन्त्र कोरियाले अमेरिका र दक्षिणकोरियाबीचको तथाकथित ‘वासिङ्टन घोषणा’ को विरोध गर्दै उक्त सहमतिले उत्तरपूर्वी एसिया र विश्वको शान्ति–सुरक्षालाई अझ गम्भीर खतरामा पार्ने चेतावनी दिएको छ । कोरियाली वर्कर्स पार्टी केन्द्रीय समितिका उपविभाग निर्देशक किम यो जोङले सरकारी सञ्चार माध्यम केसीएनएसँग कुरा गर्दै उक्त कार्यलाई कदापि स्वागत गर्न नसकिने बताएका छन् । उनले दक्षिणकोरियाका राष्ट्रपति युन सुक येओलको हालैको वासिङ्टन भ्रमणले कोरियाली प्रायद्वीप र यस क्षेत्रको शान्ति–सुरक्षालाई खलल पार्ने मूल कारण र भौतिक अस्तित्वबारे धेरै स्पष्ट रूपमा बुझ्ने अवसर दिएको पनि बताएका छन् ।
निर्देशक किम यो जोङले भनेका छन्, ‘न्युक्लियर कन्सल्टेटिभ ग्रुप’ को गठन, अमेरिकी आणविक रणनीतिक सम्पत्तिहरूको नियमित र निरन्तर परिचालन र बारम्बार सैन्य अभ्यासहरूले क्षेत्रीय राजनीतिक–सैन्य अवस्थालाई अस्थिरताको धाराबाट बाहिर निकाल्न असमर्थ बनायो । यसले हामीलाई नयाँ सुरक्षा वातावरणको सामना गर्न थप निर्णायक कदम चाल्न बाध्य बनाएको छ ।’
अप्रिल २६ मा शिखर सम्मेलनपछि संयुक्त राज्य अमेरिका र दक्षिणकोरियाका प्रमुख कार्यकारीले जारी गरेको कथित ‘वासिङ्टन घोषणा’ र ‘विस्तारित प्रतिरोध’ को बहानामा जनगणतन्त्र कोरियाविरुद्ध उनीहरूको योजना प्रस्ट भएको भन्दै किम यो जोङले शत्रु राज्यका प्रमुख कार्यकारीले आधिकारिक रूपमा र व्यक्तिगत रूपमा विश्वका अगाडि ‘शासनको अन्त्य’ शब्दको प्रयोग गर्नुलाई उनको दृष्टिदोष वा बुढ्यौलीको उपज मात्र मान्न नसकिने बताएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै आक्रोशपूर्ण स्वरमा भनेका छन्, ‘अमेरिकाको सुरक्षा र भविष्यको जिम्मेवारी लिन कत्ति पनि सक्षम नभएको व्यक्ति, भविष्य नभएको वृद्ध मानिस !’
उक्त अभिव्यक्ति एउटा वृद्ध र होस गुमाएको मानिसबाट मात्र नभएर संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा प्रयोग गरिएकाले जनगणतन्त्र कोरियाको सबैभन्दा ठूलो शत्रुको यो धम्कीपूर्ण बयानका लागि उसले धेरै ठूलो आँधीबेहरीको सामना गर्न तयार हुनुपर्ने र आफूहरू त्यसका लागि बाध्य हुने पनि किम यो जोङले केसीएनएलाई भनेका छन् ।
किम यो जोङले अगाडि भनेका छन्, ‘युन सुक येओलले यसपटक फेरि भने– उनले ‘दक्षिण कोरियाका तीन–अक्ष रक्षा प्रणाली’ सहित भारी प्रतिक्रियाको क्षमता निर्माण गर्नेछन् र दण्डात्मक मुद्रा अपनाउनेछन् । उनले यो पनि स्पष्ट गरे– ‘दक्षिण कोरिया’–यूएस संयुक्त अभ्यास र प्रशिक्षण थप गहन हुनेछ ।’ यसले उनीहरूको अक्षमता प्रकट गरेको र आफ्नो अक्षमताले सुरक्षालाई नै सङ्कटमा पारेर ऊ आफ्नो क्षमताको परीक्षण गर्न कति हदसम्म जान्छ, त्यो हामी हेर्नेछौँ ।’ किम यो जोङले अमेरिका र दक्षिणकोरियाको पाइप सपना अब थप शक्तिशाली शक्तिको एकाइका साथ सामना गरिने चेतावनी पनि दिएका छन् ।
थप चेतावनी दिँदै किम यो जोङले भनेका छन्, ‘जति धेरै शत्रुहरू आणविक युद्ध अभ्यासहरू मञ्चन गर्न तयार छन् र उनीहरूले कोरियाली प्रायद्वीपको वरपरको क्षेत्रमा जति धेरै आणविक अस्त्रहरू तैनाथ गर्छन्, हाम्रो आत्मरक्षाको अधिकारको अभ्यास उनीहरूसँग प्रत्यक्ष अनुपातमा हुनेछ ।’

Vice Department Director of C.C., WPK Kim Yo Jong Clarifies Stand through KCNA

Pyongyang, April 29 (KCNA) — Kim Yo Jong, vice department director of the Central Committee of the Workers’ Party of Korea, made public the following stand through the Korean Central News Agency on April 28:

South Korean president Yoon Suk Yeol’s recent visit to Washington was an occasion for us to have much clearer understanding about the root-cause and physical entity disturbing peace and security of the Korean Peninsula and the region.

After the summit on April 26, the chief executives of the U.S. and south Korea issued the so-called “Washington Declaration”, specifying the ways to strengthen the “extended deterrence”, thus stipulating their choice and will to act against the DPRK.

The “Washington Declaration” fabricated by the U.S. and south Korean authorities is a typical product of their extreme anti-DPRK hostile policy reflecting the most hostile and aggressive will of action. As such, it will only result in making peace and security of Northeast Asia and the world be exposed to more serious danger, and it is an act that can thus never be welcomed.

The formation of “Nuclear Consultative Group”, the regular and continuous deployment of U.S. nuclear strategic assets, and the frequent military exercises made the regional politico-military situation unable to extricate itself from the currents of instability. This provides us with an environment in which we are compelled to take more decisive action in order to deal with the new security environment.

Another thing that we cannot let pass nor overlook is the fact that the chief executive of the enemy state officially and personally used the word “the end of regime” under the eyes of the world.

Would we simply regard it as the man’s senility?

It may be taken as a nonsensical remark from the person in his dotage who is not at all capable of taking the responsibility for security and the future of the U.S., an old man with no future, as it is too much for him to serve out two-year remainder of his office term.

But when we consider that this expression was personally used by the president of the U.S., our most hostile adversary, it is threatening rhetoric for which he should be prepared for far too great an after-storm that will not be easy for us to deliver.

Obsessed with overconfidence in strength, he was too miscalculating and irresponsibly brave.

This time we reconfirmed the hostility of the rulers and military warmongers of Washington and Seoul towards our country, which cannot be interpreted otherwise and has become too obvious. This opportunity gave us a clear answer as to what we should do in the future and for what we should be fully prepared.

So serious is the development of the situation.

Yoon Suk Yeol, this time again, said that he will build the capability of overwhelming response including “south Korea’s three-axis defence system” and adopt the punitive posture. He also made it clear that the “south Korea”-U.S. joint exercises and training will be more intensive.

It would be a bit hard to understand the mentality of such a fool that is so grateful for getting a nominal “declaration” as an “offering” from the U.S. and expresses “his absolute trust in the U.S. firm commitment to the extended deterrence”. However, we will keep watching to what extent he will go testing his mettle, putting the security into crisis with his incompetence.

The pipe dream of the U.S. and south Korea will henceforth be faced with the entity of more powerful strength.

We are convinced once again of the fact that the enhancement of the nuclear war deterrent, especially the second mission of the nuclear war deterrent, should be brought to further perfection.

We know exactly what we are supposed to do.

The more the enemies are dead set on staging nuclear war exercises, and the more nuclear assets they deploy in the vicinity of the Korean peninsula, the stronger the exercise of our right to self-defence will become in direct proportion to them. -0-

www.kcna.kp (Juche112.4.29.)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :