युवा जनस्वयम्सेवक नेपाल काभ्रेको अध्यक्षमा मणिराम

युवा जनस्वयम्सेवक नेपाल काभ्रेको अध्यक्षमा मणिराम

बनेपा : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल काभ्रेको प्रथम जिल्ला भेलाले मणिराम नेपालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेला युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य हरिश भट्टको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा सम्पन्न भएको हो ।
नेकपा (बहुमत) काभ्रेका संयोजक कृष्ण सेवा, नेकपा (बहुमत) इलाम–झापा इन्चार्ज तथा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य सागर मैनाली, तामाङ मुक्ति मोर्चाकी अध्यक्ष तथा पार्टी नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य सुन्तली थोकर, अखिल नेपाल महिला सङ्गठनकी उपाध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार पवित्रा फुयाल भेलाका विशिष्ट अतिथि थिए । भेलामा युवा जनस्वयम्सेवक नेपाल पूर्वी बागमती ब्युरो इन्चार्ज अजय श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए ।
प्रमुख अतिथि भट्टले युवाहरूले बानेश्वरको चोकमा दलाल, भ्रष्ट, राष्ट्रघाती र माफियाहरूलाई कालोमोसो दल्नुपर्ने बताए ।
पार्टी जिल्ला संयोजक सेवाले नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल तरुण दल, युवा सङ्घ, वाईसीएलजस्तो भ्रष्ट, राष्ट्रघातको मतियार र पार्टीको पिछलग्गु नभै छुट्टै किसिमको धातुबाट निर्मित जनसेवक बन्नुपर्ने धारणा राखे ।
भेलामा युवाका जिल्ला समिति सदस्य तथा मण्डनदेउपुर नगरका संयोजक सुमन राईले स्वागत, अजय श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाको सञ्चालन असल मोक्तानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :