नेकपा (बहुमत) द्वारा गण्डक ब्युरोका जनतामारा लघुवित्त कार्यालयमा तालाबन्दी

नेकपा (बहुमत) द्वारा गण्डक ब्युरोका जनतामारा लघुवित्त कार्यालयमा तालाबन्दी

काठमाडौँ : नेकपा (बहुमत) गण्डक ब्युरोस्तरीय जनसङ्घर्ष परिचालन समितिले ब्युरोमा रहेका जनतामारा लघुवित्तीय संस्थामा तालाबन्दी गरी जनकारबाही गरेको छ ।
कास्कीबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जनसङ्घर्ष परिचालन समितिले कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका ४ मा रहेको सूदखोर, मिटरब्याजी ग्लोबल आईएमई लघुवित्त र साधना लघुवित्त संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको छ ।
यसैगरी पर्वतबाट प्राप्त समाचारअनुसार नेकपा (बहुमत) जनसङ्घर्ष परिचालन समिति पर्वतले पर्वत जिल्ला फलेबास नगरपालिका ६ मा रहेको नेस्डो लघुवित्तको शाखा कार्यालयमा खबरदारी गर्दै कालो ब्यानरसहित तालाबन्दी गरेको छ ।
बागलुङबट प्राप्त समाचारअनुसार नेकपा (बहुमत) बागलुङले नगरपालिकाको उपल्लाचौरथित डीसीआरडीसी लघुवित्त संस्थामा तालाबन्दी गरेको छ ।
सर्वसाधारण जनतालाई गरेको आर्थिक शोषणविरुद्ध आमजनगुनासोका आधारमा पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत चैत १४ गते साङ्केतिक कारबाहीस्वरूप उक्त वित्तीय संस्थामा तालाबन्दी गरी कालो ब्यानर टाँसिएको हो ।
पार्टीले सूदखोर, मिटरब्याजी, जनतामारा लघुवित्त वित्तीय संस्थाविरुद्ध देशैभर साङ्केतिक कारबाहीस्वरूप ब्यानर टाँसी तालाबन्दी र प्रदर्शन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :