जनताको उठीबास लगाउने गोलबजारका मेयर श्रेष्ठलाई कालोमोसो

जनताको उठीबास लगाउने गोलबजारका मेयर श्रेष्ठलाई कालोमोसो

सिराहा : नेकपा (बहुमत) ले जनविरोधी काम गर्ने गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई मङ्गलबार कालोमोसो दली जनकारबाही गरेको छ ।
पार्टीद्वारा जारी ‘गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई जनकारबाही किन’ शीर्षक पर्चामा लघुवित्तमार्फत गरिब जनतालाई उठीबास लगाएको, मिटरब्याजीहरूलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रह्मलूट गरेको, फर्जी कागज बनाई गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदीको दोहन गरेको, अन्यायपूर्वक तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाएको, पार्टीका नेता–कार्यकर्ताविरुद्ध सुराकी गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :