तीन क्रान्तिकारी किसान सङ्गठनले गरे मिटरब्याजको ठगीमा परेका उत्पीडितहरूको आन्दोलनलाई समर्थन

तीन क्रान्तिकारी किसान सङ्गठनले गरे मिटरब्याजको ठगीमा परेका उत्पीडितहरूको आन्दोलनलाई समर्थन

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन गर्दै उनीहरूका माग अविलम्ब पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेकपा (बहुमत) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ र मशाल निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष चिन्तामणि पौडेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरू तराई÷मधेसका विभिन्न जिल्लाबाट महोत्तरी जिल्लाको बर्दिबासमा भेला भई सर्लाही, रौतहट, बारा, मकवानपुर हुँदै १२ दिनको कष्टपूर्ण पैदल यात्रा गरी देशको राजधानी काठमाडौँमा न्याय माग्न आइपुग्नुभएको छ । तपाईंहरूको ७३ जनाको टोलीले जसमा धेरैजसो महिलाहरू छन्, त्यसका साथै स्कुले केटाकेटी र बच्चासमेत छन् । आफ्ना मागहरू पूरा गराएर मात्र फर्कने दृढता पनि जाहेर गरेको छ । हामी तपाईंहरूको साहस र दृढताको उच्च कदर गर्दै तपाईंहरूको स्वागत गर्दछौँ र साथै ऐक्यबद्धता पनि जाहेर गर्दछौँ ।’
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आजभन्दा पहिले पटकपटक मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूले काठमाडौँको सडकमा धर्ना, जुलुस आदि सङ्घर्षको कार्यक्रम सम्पन्न भएका थिए । त्यो कार्यक्रममा हाम्रो पनि ऐक्यबद्धता र सहभागिता थियो । त्यसपछि सरकारसँग सहमति भएको र सरकारले उक्त सहमति पूरा गर्ने वचन दिएपछि गाउँ फर्किएका थिए । हामीले पनि उक्त सङ्घर्षहरूलाई ऐक्यबद्धता जनाएका थियौँ र देशका गरिब किसानहरूको पेचिलो सवाल भएकाले सकेको सहयोग पनि गरेका थियौँ । तर ती मागहरू पूरा भएनन् । त्यसबाट मिटरब्याजी साहूहरूले ‘अब केही नहुने’ बुझी ऋणी किसानहरूलाई थप पीडा दिएको र धेरैको उठीबाससमेत लागिसकेको अवस्थाले गर्दा पुनः किसानहरूले तपाईं किसानहरूले १२ दिन लामो कष्टपूर्ण यात्रा गर्नुपरेको हो । हामी तीन किसान सङ्गठनहरू सरकारले गरेको सहमतिप्रतिकोे गैरजिम्मेवारीको भत्र्सना गर्दछौँ । हामी मिटरब्याजी ब्याजखोरहरूले किसानहरूलाई फसाएर उनीहरूको जग्गाजमिनबाट उठीबास लगाउने र घरपरिवार बिचल्ली पार्ने घोर अपराधपूर्ण अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौँ । साथै नेपाली किसानहरूमाथि खुलेआम ठगीविरुद्ध भैरहेको मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको यो सङ्घर्षप्रति पुनः दृढ ऐक्यबद्धता जनाउँदै किसानहरूको ऋण मिनाहा गर्न, ठगीमा परेकाहरूका जग्गाजमिन फिर्ता गर्न र मिटरब्याजी ब्याजखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत जोडदार माग गर्दछौँ । तपाईं सङ्घर्षरत मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको मागलाई तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ । तपाईंहरूको काठमाडौँ बसाइ फलदायी रहोस् । हामी तपाईंहरूको साथमा छौँ ।’

संयुक्त प्रेस विज्ञप्ति

हामी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सम्बद्ध अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र अखिल नेपाल किसान महासङ्घ मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरू तराई÷मधेसका विभिन्न जिल्लाबाट महोत्तरी जिल्लाको बर्दिबासमा भेला भई सर्लाही, रौतहट, बारा, मकवानपुर हुँदै १२ दिनको कष्टपूर्ण पैदल यात्रा गरी देशको राजधानी काठमाडौँमा न्याय माग्न आइपुग्नुभएको छ । तपाईंहरूको ७३ जनाको टोलीले जसमा धेरैजसो महिलाहरू छन्, त्यसका साथै स्कुले केटाकेटी र बच्चासमेत छन् । आफ्ना मागहरू पूरा गराएर मात्र फर्कने दृढता पनि जाहेर गरेको छ । हामी तपाईंहरूको साहस र दृढताको उच्च कदर गर्दै तपाईंहरूको स्वागत गर्दछौँ र साथै ऐक्यबद्धता पनि जाहेर गर्दछौँ ।
आजभन्दा पहिले पटकपटक मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूले काठमाडौँको सडकमा धर्ना, जुलुस आदि सङ्घर्षको कार्यक्रम सम्पन्न भएका थिए । त्यो कार्यक्रममा हाम्रो पनि ऐक्यबद्धता र सहभागिता थियो । त्यसपछि सरकारसँग सहमति भएको र सरकारले उक्त सहमति पूरा गर्ने वचन दिएपछि गाउँ फर्किएका थिए । हामीले पनि उक्त सङ्घर्षहरूलाई ऐक्यबद्धता जनाएका थियौँ र देशका गरिब किसानहरूको पेचिलो सवाल भएकाले सकेको सहयोग पनि गरेका थियौँ । तर ती मागहरू पूरा भएनन् । त्यसबाट मिटरब्याजी साहूहरूले ‘अब केही नहुने’ बुझी ऋणी किसानहरूलाई थप पीडा दिएको र धेरैको उठीबाससमेत लागिसकेको अवस्थाले गर्दा पुनः किसानहरूले तपाईं किसानहरूले १२ दिन लामो कष्टपूर्ण यात्रा गर्नुपरेको हो । हामी तीन किसान सङ्गठनहरू सरकारले गरेको सहमतिप्रतिकोे गैरजिम्मेवारीको भत्र्सना गर्दछौँ ।
हामी मिटरब्याजी ब्याजखोरहरूले किसानहरूलाई फसाएर उनीहरूको जग्गाजमिनबाट उठीबास लगाउने र घरपरिवार बिचल्ली पार्ने घोर अपराधपूर्ण अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौँ । साथै नेपाली किसानहरूमाथि खुलेआम ठगीविरुद्ध भैरहेको मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको यो सङ्घर्षप्रति पुनः दृढ ऐक्यबद्धता जनाउँदै किसानहरूको ऋण मिनाहा गर्न, ठगीमा परेकाहरूका जग्गाजमिन फिर्ता गर्न र मिटरब्याजी ब्याजखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत जोडदार माग गर्दछौँ । तपाईं सङ्घर्षरत मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको मागलाई तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ । तपाईंहरूको काठमाडौँ बसाइ फलदायी रहोस् । हामी तपाईंहरूको साथमा छौँ ।

सीताराम तामाङ
अध्यक्ष, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)

हरि श्रेष्ठ
अध्यक्ष
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)

चिन्तामणि पौडेल
अध्यक्ष
अखिल नेपाल किसान महासङ्घ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :