क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य थापाको निधनप्रति बहुमतद्वारा श्रद्धान्जली व्यक्त

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य थापाको निधनप्रति बहुमतद्वारा श्रद्धान्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तारा थापाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आज एक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । सुदर्शनको वक्तव्यमा भनिएको छ–‘२०३८ सालमा ताप्लेजुङमा जन्मनुभएका तारा थापा एमाले विद्यार्थी सङ्गठनमा सङ्गठित भइरहेको बेला २०५८ सालमा विद्रोह गरी तत्कालीन जनयुद्धको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गर्नुभएको थियो । २०६० सालमा उहाँ जनमुक्ति सेनाको प्लाटुन कमान्डर बन्नुभयो र शान्ति प्रक्रियामा आएपछि पार्टीको राज्य समिति सदस्यसमेत बन्नुभयो । क्रान्तिकारी कार्यदिशा पछ्याउँदै जाने क्रममा हाल उहाँ एक क्रान्तिकारी पार्टी क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।’
वक्तव्यमा भनिएको छ –‘मस्तिष्कघातका कारण निधन भएका ताराको परिवारमा बुबा, आमा, एक दाजु, श्रीमती र दुई छोरा हुनुहुन्छ । हामी परिवारका सदस्यहरू र सम्बन्धित पार्टीप्रति हार्दिक समवेदना प्रकट गर्दै पूर्वका एक तारा तारा थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ । माक्र्सबाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद प्राप्त गर्ने उहाँको सपना हामी पूरा गर्नेछौँ भन्ने प्रतिबद्धता उहाँको परिवार र नेपाली जनतासमक्ष व्यक्त गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :