किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको बहाना बनाएर किसानलाई दिँदै आएको अनुदानको रकम घटाएर किसानलाई मलको मूल्य बढाएकोमा विरोध गरेको छ ।
सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले मङ्गलबार विज्ञप्ति जारी गरी सरकारले फागुन २९ गतेदेखि लागू हुने गरी मलमा दिइँदै आएको अनुदान ११.८ प्रतिशत घटाएर वा ८० प्रतिशत दिँदै आएको रासायनिक मलको अनुदान घटाएर ७०.८० मा झारी नेपाली किसानलाई पलायन बनाउन, कृषिमा परनिर्भर बनाउन राज्य लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारको यो कदमप्रति सङ्गठनको गम्भीर आपत्ति रहेको पनि श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् । श्रेष्ठले राज्यले गरेको किसानमारा निर्णय खारेज गरी नेपाली किसानलाई दिइँदै आएको रासायनिक मल अनुदान नघटाउन र मलको अनुदान ९० प्रतिशत पु¥याउन जोडदार माग पनि गरेका छन् ।
रासायनिक मल खरिद गर्दा भएको घोटाला छनबिन गरी कारबाही अगाडि बढाउन, समयमा किसानलाई मल आपूर्ति गर्न, रासायनिक मल कारखाना नेपालमा नै स्थापना गर्न, बाहिरबाट मल खरिद गर्दा खुला प्रतिस्पर्धामा गरिएको आवेदन (ग्लोबल टेन्डर) खारेज गरी सरकार–सरकार (जी टु जी) माध्यमबाट मात्र मल खरिद गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ । अन्यथा ‘दलाल बिचौलिया र दलाल पुँजीवादको किसानमारा निर्णयविरुद्ध सम्पूर्ण किसान आन्दोलनमा उत्रन बाध्न हुने’ विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :