नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

पाल्पा : नेकपा बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शीतलले क्रान्तिकारी एकता र ध्रुवीकरणसहितको क्रान्तिकारी वर्गसङ्घर्ष अनिवार्य भएको बताए । उनले विद्यमान दलाल सत्तासामु लम्पसार परेर न्याय नमिल्ने र वर्गसङ्घर्षले मात्रै सर्वहारा वर्गको मुक्ति मिल्ने धारणा पनि व्यक्त गरे ।

पार्टी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको भाव सम्प्रेषण एवम् कार्यान्वयनका लागि बैठक बसेको र बैठकले लघुवित्त, मिटरब्याज, स्वास्थ्य माफिया, मेडिकल माफिया, बैङ्किङ चर्को ब्याज, शैक्षिक व्यापार, भ्रष्टाचार, कालोबजारीविरुद्ध सङ्घर्ष गर्दै राष्ट्रिय उद्योग एवम् क्षेत्रीय उद्योग स्थापनाका लागि आवाज बुलन्द पार्ने निर्णय गरेको जानकारी पार्टीका जिल्ला संयोजक दिग्दर्शनले दिए ।

बैठकले नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच एकताको वातावरण निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :