नेकपा (बहुमत) ले भक्तपुर र थिमी नगरपालिकालाई बुझायो ४४ बुँदे मागपत्र

नेकपा (बहुमत) ले भक्तपुर र थिमी नगरपालिकालाई बुझायो ४४ बुँदे मागपत्र

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले भक्तपुर र थिमी गरी जिल्लाका दुईवटा नगरपालिकामा ४४ बुँदे मागपत्र बुझाएको छ । गतमहिना पार्टी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४४ बुँदे मागपत्र बुझाएपछि देशका विभिन्न ब्युरो, प्रदेश र जिल्लाहरूमा सरकारका सम्बन्धित निकायका प्रमुखहरूलाई मागपत्र बुझाउने सिलसिलामा भक्तपुरमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज रोजनको नेतृत्वमा बिहीबार राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४४ बुँदे मागपत्र बुझाइएको हो ।
जिल्ला इन्चार्ज रोजनका अनुसार प्रधानमन्त्री दाहाललाई बुझाइएको ४४ बुँदे मागपत्र थिमी नगरपालिकालाई पनि बिहीबार नै बुझाइएको छ । मागपत्र बुझाउन भक्तपुर जिल्ला इन्चार्ज रोजन र जिल्ला संयोजक केदार नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :