क्रान्तिकारी ट्रेड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनको भेला सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घ, अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक सङ्घ र महासङ्घअन्तर्गत रहेको महिला विभागसहितको विशेष भेला काठमाडौँ गोङ्गबुमा सम्पन्न भएको छ । भेलाले सङ्घसंस्था श्रमिक सङ्घको अध्यक्षमा चन्द्रबहादुर बस्याल, उपाध्यक्ष डम्बरनारायण दास, महासचिव सुधीर कर्माचार्य, सचिव विनोद सिलवाल, कोषाध्यक्ष लालबहादुर घर्तीलाई चयन गरेको छ । समितिका सदस्यहरूमा राम घिताङ, राम पर्वत, अशेश्वर शाह, रूपलाल, रवीन हमाल, अमर खड्का रहेका छन् ।
यसैगरी अखिल नेपाल वैदेशिक श्रमिक सङ्घको अध्यक्षमा भूमिका सिन्जाली, उपाध्यक्ष सीता विक, महासचिव रामचन्द्र थापा, सचिब राम बन्जाडे, कोषाध्यमा हरि रामदाम र सदस्यहरूमा जानुका रावल, विसु अन्सारी, वीरेन्द्रसिंह थापा, जाकिर अन्सारी, सभिर अन्सारी, राजेन्द्र कोइराला, देवराज खड्का चयन भएका छन् ।
महासङ्घकी महिला विभाग इन्चार्ज नितु शाहको अध्यक्षतामा ११ सदस्यीय महिला विभाग गठन भएको छ । उक्त भेलामा प्रमुख अतिथि महासङ्घका अध्यक्ष विनोद थापा, कोषाध्यक्ष ईश्वर बुढाथोकी महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र घिमिरे, केशव बुढाथोकी उपस्थित थिए । भेलाको अध्यक्षता चन्द्रबहादुर बस्यालले र सञ्चालन सुधीर कर्माचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :