प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

विप्लव समूह त्यागेर नेकपा (बहुमत) मा प्रवेश गर्नेको लर्को

प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

हरियाना (भारत)
प्रवासी नेपाली एकता मञ्च भारतको विस्तारले गति लिएको छ । सङ्गठन विस्तारका क्रममा विप्लव समूहलगायत विभिन्न संसदीय संशोधनवादी समूहमा अल्मलिएर बसेका नेता–कार्यकर्ता विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम पनि बढेको छ ।
यसै क्रममा फागुन ३ गते बुधबार (१५ फरवरी २०२३) भारत हरियानाको यमुना नगरमा कार्यरत प्रवासी नेपालीहरूको भेला सम्पन्न भएको छ । प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य शेरबहादुर रावतलगायत विप्लव समूह समर्थित प्रवासी नेपाली जनसमाज भारत परित्याग गरी प्रवासी नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् ।
बुधबार प्रवासी नेपाली एकता मञ्च भारतका सल्लाहकार जीवन शर्माको उपस्थितिमा पूर्वकेन्द्रीय सदस्य शेरबहादुर रावतकै सक्रियतामा भेला सम्पन्न भएको हो । उक्त भेलाले १३ सदस्यीय प्रवासी नेपाली एकता मञ्च भारतको यमुना नगर समिति गठन गरेको छ ।
समितिका अध्यक्ष हरिचन्द्र रावत, उपाध्यक्ष चक्रबहादुर रावत र प्रेम बिस्ट (क), सचिव प्रेम बिस्ट (ख), कोषाध्यक्ष नरबहादुर रावत रहेका छन् भने सदस्यहरूमा भरत रावत, रामबहादुर रावत, काशीराम बिस्ट, प्रकाश बिस्ट र मीना बुढा रावत रहेका छन् । तीनजना पछि थप्ने गरी १३ सदस्यीय नगर समिति गठन गरिएको छ ।
त्यसैगरी भेलाले बलबहादुर रावत, मनराज रावत र जगत रावत रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
नवनिर्वाचित नगर समितिले बिहीबार आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च भारतका सल्लाहकार जीवन शर्मा, प्रवासी नेपाली जनसमाज भारतका पूर्वकेन्द्रीय सदस्य शेरबहादुर रावत र प्रवासी नेपाली एकता मञ्च भारतका केन्द्रीय सदस्य मोतीराम जैसीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सल्लाहकार शर्माले भारतमा प्रवासी नेपाली एकता मञ्चको महत्वका बारेमा आफ्ना भनाइहरू राखेका थिए । उनले प्रवासी नेपाली एकता मञ्च भारतमा छरिएर रहेका प्रवासी नेपालीलाई सङ्गठित गर्ने र नेपालमा हुने आमूल परिवर्तनका पक्षमा लामबद्ध हुनेहरूको सङ्गठन रहेको प्रस्ट पारेका थिए ।
त्यसैगरी अर्को एक भेलाले प्रवासी नेपाली एकता मञ्च भारत कर्नाटक राज्य समितिअन्तर्गत केआर पुरम नगर समितिको बानसवाडी एरिया समिति गठन गरेको छ । केन्द्रीय उपाध्यक्ष तेज तिरुवा र केन्द्रीय सचिव देवेन्द्र रावलको विशेष उपस्थितिमा सम्पन्न भेलाले कर्नाटक राज्य समितिका सदस्य भरत लामिछानेको अध्यक्षतामा ११ सदस्यीय एरिया समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष गगन सुनार, सचिव रतन लामिछाने, सहसचिव प्रेमकुमार र सदस्यहरूमा धनादेवी सुनार, लक्ष्मी रावत, कृष्णा रावत, कमला बिस्ट, नामसरा विक र कमला लामिछाने रहेका छन् ।
त्यसैगरी प्रवासी नेपाली एकता मञ्च भारत कर्नाटक राज्य समितिअन्तर्गत केआर पुरम नगरअन्तर्गत आनसवाडीमा पनि केन्द्रीय उपाध्यक्ष तेज तिरुवा, केन्द्रीय सदस्य खेम बोहरा, केन्द्रीय सदस्य भाष्करको उपस्थितिमा आयोजित भेलाले खेम बोहराको अध्यक्षतामा २१ सदस्यीय एरिया समिति गठन गरेको छ ।
समितिका उपाध्यक्ष भरत कडायत, सचिव रतन बोगटी, सहसचिव राकेश रोकाया र कोषाध्यक्ष नरबहादुर सहकारी रहेका छन् भने सदस्यहरूमा हंसराज बटाला, लोकेन्द्र देउवा, सागर बडुवाल, हंसतदरा चलाख, डम्मर बुढा, धन बुढा, मिलन भण्डारी, पदम बोहरा, कमल बुढा, अमृता देउवा, पुष्पा बुढा, सावित्रा बटाला, दुर्गा बटाला, दिया बटाला, सुष्पा र रतन बोगटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :