महान् जनयुद्धको वार्षिकोत्सवका सन्दर्भमा

इतिहासको पानाबाट

महान् जनयुद्धको वार्षिकोत्सवका सन्दर्भमा

इतिहासमा पहिलोपटक आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गर्दै पुरानो सामन्ती सत्ताको अन्त्य र नयाँ जनवादी सत्ता स्थापना गर्ने अभियानमा नेपाली जनताले विद्रोहको महान् झन्डा उठाएको दिन हो फागुन १ गते । उथलपुथलकारी महान् जनयुद्ध भएपछिको यो समयमा समाजका विद्यमान पुरानो उत्पादन सम्बन्ध, त्यो उत्पादन सम्बन्धलाई कायम गर्ने वर्गसम्बन्ध, त्यो वर्गसम्बन्धबाट पैदा हुने सामाजिक सम्बन्ध र त्यो सामाजिक सम्बन्धबाट पैदा हुने चेतनामा ठूलो फेरबदल र परिवर्तनसमेत भएको छ । यो उथलपुथलको अवस्थाले नेपाली समाजमा केही युगान्तकारी राजनीतिक परिवर्तनहरू भएका छन् । महान् जनयुद्धको यो भीषण प्रक्रियाबिना वा इतिहासमा जनताले गरेको विद्रोहको अधिकारको प्रयोगबिना यसप्रकारको परिवर्तन सम्भव थिएन । राष्ट्रिय स्वाधीनता, जनताको सार्वभौम अधिकार, सम्प्रभु सत्तामाथिको जनताको हक नेपाली इतिहासमा कहिल्यै मागिएन जसरी जनयुद्धको प्रक्रियामा नेपाली जनताले बुलन्द ग¥यो । लेनिनले भत्रुभएको थियो– एउटा कारबाहीले जनतालाई हजारौँ राजनीतिक प्रशिक्षणभन्दा बढी सिकाउँछ । राष्ट्रिय स्वाधीनताको लडाइँमा सुगौली सन्धि र त्यसपछि १९५० को असमान सन्धिबाट बनेको पराधीनताको अन्त्य गर्ने अभियानमा यो सङ्घर्षले जनताको चेतनालाई विगत ६ दशकको शान्तिपूर्ण सङ्घर्षभन्दा हजारौँ गुणा माथि उठाएको छ । राष्ट्रिय स्वाधीनताका खातिर अगाडि बढेको सङ्घर्षका कारण देशका मुठीभर दलाल र राष्ट्रघातीहरूबाहेक आमनेपाली जनता ऐतिहासिक रूपले साम्राज्यवाद र विस्तारवादी हस्तक्षेपका विरुद्ध खडा भएका छन् । जनताको सम्प्रभुता र सार्वभौमिकताका हिसाबले हेर्ने हो भने नेपालमा सामान्यतया १५०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भएको छ र विशेषतः २४० वर्ष पुरानो केन्द्रीकृत शाही शासनको अन्त्य भएको छ ।
जनयुद्धबाट पुरानो सत्ताको अन्त्य गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने अभियान अझै पूरा भएको छैन जसको कारण अहिलेको परिवेशमा राजनीतिक रूपले पुरानो वर्गसम्बन्ध र त्यसका आधारमा पैदा हुने उत्पादन सम्बन्धमा पूर्ण रूपले परिवर्तन हुनसकेको छैन । फेरि पनि देशमा सामाजिक सम्बन्ध र जनचेतनामा प्रचुर परिवर्तन भएका छन् । जनयुद्ध र जनसङ्घर्षको भीषण प्रक्रियाबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै देशलाई आमूल परिवर्तन गर्न सङ्घर्ष गर्नु नेपाली सर्वहारा वर्गको आजको ऐतिहासिक आवश्यकता बनेको छ । सर्वहारा वर्गका लागि अहिलेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा एकाधिकार पुँजीवादमार्फत विश्वकै बजार, विश्वकै सेना तथा विश्वभरिकै सत्तामाथिको साम्राज्यवादी एकाधिकार बनिरहेको वर्तमान परिवेशमा राष्ट्रका जनताको आत्मनिर्णयको अधिकार प्रयोग गर्दै क्रन्ति सम्पत्र गर्नु र सर्वहारा अन्तर्राष्ट्रवादका आधारमा मान्छेमाथि मान्छेबाट हुने उत्पीडनको अन्त्य गर्नु आजको ऐतिहासिक दायित्व हो ।
यो दायित्व पूरा गर्ने सन्दर्भमा महान् जनयुद्धले नेपाली समाजलाई एउटा विशेष कालखण्डमा ल्याइपु¥याएको छ । नेपाली सर्वहारा वर्गले हासिल गरेका ऐतिहासिक अनुभवहरूलाई केन्द्रबिन्दुमा राखेर यति बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मानवमुक्तिको प्रश्नमा माक्र्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक रक्षा, लागू र विकास गर्ने सन्दर्भमा एउटा बहस भैरहेको छ । यो बहसको सारवस्तु भनेको एउटै रहेको छ– अहिलेको विश्वमा क्रान्तिको रणनीति र कार्यनीतिलाई कसरी समायोजन गर्ने ? नेपाल र नेपालजस्ता अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा रहेका देशहरूमा क्रान्ति सम्पत्र गर्नका लागि र पुँजीवादी मुलुकहरूमा समाजवादी क्रान्ति सम्पत्र गर्ने रणनीति पुरा गर्नका लागि रुसी क्रान्ति र चिनियाँ क्रान्तिमा प्रयोग भएका कार्यनीतिहरूको पुनरावृत्तिबाट सम्भव हुँदैन भत्रे कुरा धेरै पहिलेदेखि बहस चल्दै आएको हो । त्यस सिलसिलामा अहिलेको कार्यनीति के हुने भत्रे सन्दर्भमा त्यति बहस हुनसकेको छैन । कतिपय सन्दर्भमा भएका बहसहरू र सङ्गठनात्मक रूपले लिएका निर्णयहरूको कार्यान्वयन हुनसकेको छैन । यही सिलसिलामा एउटा महत्वपूर्ण विषय रहेको छ– दक्षिण एसियाली सोभियत फेडरेसनको प्रश्न ।
हाम्रो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले नेपालमा क्रान्ति सम्पत्र गर्नका लागि र नेपाली क्रान्ति सम्पत्र भैसकेपछि त्यसको रक्षा र विश्वमा समाजवादी आन्दोलनको प्रभावलाई विकास गर्नका लागि आधारभूत रूपले दक्षिणएसियामा समाजवादी सत्ताको स्थापना गर्ने र ती समाजवादी देशहरूको दक्षिणएसियाली महासङ्घको विकास गर्ने नीति तर्जुमा गरेको थियो । माक्र्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्ड र अन्य कमरेडहरूको सिर्जनात्मक योगदानलाई मूल्याङ्कन गर्दै त्यति बेला भएको वैचारिक विकासलाई मालेमावाद र प्रचण्डपथ भनी संश्लेषण गरीएको थियो । यो संश्लेषणलाई सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति भनियो । दोस्रो राष्ट्रिय सम्मेलनको ऐतिहासिक महत्व सामान्य चर्चाभित्र समेट्न सकिँदैन । यसका बरेमा त्यति बेलै व्यापक छलफल भएको छ र भविष्यमा पनि त्यसप्रकारको छलफल आवश्यक परिरहनेछ । तर अहिले यहाँ यत्ति मात्र विषय उठाउन आवश्यक छ– क्रान्तिको कार्यनीतिका सन्दर्भमा देखापरेको अन्तर्राष्ट्रिय बहस दोस्रो राष्ट्रिय सम्मेलनका ऐतिहासिक निर्णयहरूसँग कैयौँ प्रकारले जोडिएका छन् ।
अहिलेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा कुनै एक मुलुकमा वा त्योभन्दा बढी मुलुकहरूमा वा समग्र विश्वमा नै क्रान्ति सम्पत्र गर्नका लागि कति सम्भावना र कति चुनौतीहरू छन् ? भत्रे सन्दर्भमा सामान्यतया क्रन्तिकारी शक्तिहरूको विश्व महासङ्घ र विशेषतः एसियाली सोभियत महासङ्घ बत्रका लागि आवश्यक छ कि छैन भत्रे प्रश्न धेरै पेचिलो तरिकाले अगाडि आउँछ । नेपालको क्रान्तिको भविष्य वा क्रान्ति सम्पत्र भैसकेपछि स्थापना हुने समाजवादी सत्ताको भविष्य कस्तो हुने भत्रे कुराको फैसला सामान्यतया अन्तर्राष्ट्रिय सर्वहारा वर्गले र विशेषतः नेपाली सर्वहारा वर्गले क्रान्तिका रणनीति र कार्यनीतिहरूलाई कसरी समायोजन गर्छन्, राष्ट्रिय गृहयुद्धलाई अन्तर्राष्ट्रिय मुक्तियुद्धसँग कसरी समायोजन गर्छन् भत्रे कुराले नै तय गर्नेछ । राष्ट्रिय स्तरमा रहेको क्रान्तिकारी आन्दोलनलाई अन्तर्राष्ट्रिय आन्दोलनसँग जोड्न सकिएन भने त्यो आन्दोलन अपूर्ण हुनेछ, त्यो लँगडो हुनेछ र अन्तिम निष्कर्षमा त्यसले एउटा विपत्तिको सामना गर्नु पर्नेछ । त्यो विपत्ति भनेको सर्वहारा वर्गका लागि एउटा ऐतिहासिक धक्का हुनेछ ।
साम्राज्यवादले राजनीतिक, आर्थिक र फौजी हिसाबले कुनै एक देशमा मात्र नभएर विश्वमा नै एकाधिकारपूर्ण वर्चस्व जमाएको अहिलेको विश्वपरिवेशमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जस्तै आन्दोलनको विकासको एउटा बिन्दुमा सम्पत्र नभैसकेको क्रान्ति सम्पत्र गर्ने र क्रान्तिको बचाउ गर्नका लागि उपायहरूको खोजी गर्नु नेपालका लागि पनि स्वाभाविक हुन्छ । त्यही खोजीका क्रममा परिवर्तनको खोजी भैरहेका र परिवर्तनकै लागि सङ्घर्ष चलेका मुलुकहरूमा एउटा खास परिस्थितिमा ट्राट्स्कीका विचारहरूले स्थान पाउने गर्छन् । ट्राट्स्कीपन्थीहरूको विरोध गर्दागर्दै पनि माक्र्सवादकोे सिर्जनात्मक विकास गर्नेहरू कहिलेकहीँ जानी–नजानीकन ट्राट्स्कीका विचारहरूलाई मूल्यवान् सम्झने समस्या अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन थियो, त्यो नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादको सिर्जनात्मक विकास गर्नेहरूमा समेत सल्किने खतरा छ । ट्राट्स्कीको स्थायी क्रान्तिको सिद्धान्त लेनिनको समयमा नै खारेज भैसकेको हो । ट्राट्स्की र लेनिनका बीचमा सत्ताका सन्दर्भमा भएको बहसको चुरो कुरा कहाँ थियो भने सत्ता प्राप्त गरिसकेपछि बुर्जुवा वर्गले पुनः प्रतिक्रान्ति गर्ने सम्भावना रोक्नका लागि ट्राट्स्की स्थायी आन्दोलन– जसलाई स्थायी क्रान्तिको सिद्धान्त पनि भनिन्छ– त्यो गर्न चाहन्थे र अस्थायी क्रान्तिको विरोध गर्थे । लेनिनको विचारमा यो समस्या समाधान गर्ने माक्र्सवादभन्दा बाहिर, द्वन्द्ववादभन्दा टाढा अर्को कुनै मनोगत इच्छा र साफ–सुथरा बाटो थिएन, लेनिनका लागि एउटा मुलुकमा क्रान्ति सम्पत्र गर्नु र विश्वक्रान्तिका लागि त्यसलाई आधारभूमिका रूपमा विकास गर्नु थियो । त्यसका लागि लेनिनले देशमा क्रान्तिकारी आन्दोलनको विकास मात्र गर्नुभएन, उहाँले विश्वक्रान्तिको आधार तयार गर्न तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो र विश्वभरका सर्वहारा वर्गको नेतृत्वलाई वैचारिक एवम् राजनीतिक रूपले एकतामा बाँध्ने उपाय बनाउनुभयो । यद्यपि माओ त्सेतुङको समयमा स्टालिनको नेतृत्वमा कम्युनिस्ट अन्तर्राष्ट्रिय कोमिन्टर्नले काम गरिरहेको थियो र त्यसको विघटन र स्टालिनको मृत्युपछि उहाँले अर्को कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउने अवसर पाउनुभएन तथापि साम्राज्यवादका विरुद्ध प्रत्यक्ष वा परोक्ष रूपले संयुक्त मोर्चाको निर्माण गर्नुभएको थियो । लेनिनदेखि माओ त्सेतुङका बीचमा रहेको ऐतिहासिक खाडललाई पूरा गर्नका लागि हाम्रो पार्टीले त्यति बेला दक्षिणएसियाली सोभियत फेडरेसनको आवश्यकतालाई महसुस गरेको थियो । आज यो ऐतिहासिक आवश्यकता पूरा गर्न नेपाली आन्दोलन र त्यसका उपलब्धिहरूको रक्षाका लागि अन्तर्राष्ट्रिय समर्थन बनाउनका लागि प्रयत्न भैरहेको छ तर पनि सोभियत महासङ्घको मुद्दा गम्भीर तरिकाले उठ्न सकिरहेको छैन ।
लेनिनले साम्राज्यवादलाई पुँजीवादको चरम अवस्था बताउनुभएको थियो । लेनिनले भत्रुभयो, ‘साम्राज्यवाद पुँजीवादको उच्चतम रूप हो । साम्राज्यवादी पूजीको चरित्र केन्द्रीकृत ९अभलतचबष्किभम०, एकाधिकार ९mयलयउयथि०, परजीवी ९उबचबअष्तष्अ०, दुर्गन्धित ९मभअबमभलत० र मरणासत्र ९mयचष्दगलम०, छ, लेनिनले भत्रुभएको थियो । यो पुँजीको चरित्र अहिलेको विश्वमा अति भएको देखिन्छ । यसलाई अति केन्द्रीकृत, अति एकाधिकार, अति परजीवी, अति दुर्गन्धित, अति मरणासत्र अवस्थामा रहेको भत्र सकिन्छ जसको कारण यो पुँजी विश्वव्यापीकरण मात्र भएको छैन । यो अति निरङ्कुश र तानाशाही पनि रहेको छ । चाहे त्यो अमेरिकी प्याट्रोटिक कानुन होस् वा भारतीय टाढा र पोटा, चाहे त्यो बेलायतको आतङ्कवादविरोधी कानुन होस् वा इन्डोनेसियाको, साम्राज्यवाद हरेक देशको कनुनभित्र छिरेको छ, हरेक देशको अर्थतन्त्रभित्र पसेको छ, हरेक मुलुकको सुरक्षा संयन्त्रभित्र विराजमान भएको छ । अति एकाधिकारवादी पुँजी अति निरङ्कुश र तानाशाही हुनुको कारण संसारमा मुख्यतया साम्राज्यवादबिरोधी आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन र क्रान्तिकारी आन्दोलनहरू सशक्त रूपमा विकास भैरहेका छन् । यी आन्दोलनहरूलाई साम्राज्यवादका विरुद्ध समायोजन आजको क्रान्तिकारी आन्दोलनको सही कार्यदिशा हुन आउँछ । जसरी राष्ट्रिय रूपमा यी आन्दोलनहरूको समायोजन नगरीकन क्रान्तिकारी आन्दोलनले विकास गर्न सक्दैन त्यसैगरी अन्तर्राष्ट्रिय आन्दोलनका हिसाबले पनि यी आन्दोलनहरूको समायोजन नगरी साम्राज्यवाद, विस्तारवाद र त्यसले प्रयोग गर्ने सामन्त र दलाल नोकरशाही पुँजीवादलाई परास्त गर्न सकिँदैन । त्यसकारण आज नेपाली जनयुद्धले १४ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गर्दा जुन प्रकारले क्रान्तिका जटिल समस्याहरू देखापर्न आएका छन् र जसरी ती समस्याहरूको समाधान खोज्न थालिएको छ, त्यसको ठाउँमा एकचोटि मालेमावादका आधारभूत मान्यताहरूलाई गहिराइका साथ केलाउन आवश्यक हुनेछ र नयाँ किसिमले समस्याहरूको समाधान खोज्नु आवश्यक हुनेछ ।
समाधान धेरै किसिमले सतहमा देखापर्न सक्छन् तर सही र वैज्ञानिक समाधान भनेको वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वको प्रत्याभूत गर्ने अवस्था सिर्जना गर्नु मात्र हुन आउँछ । वर्गसङ्घर्षलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्थापित गर्न र सर्वहारा अधिनायकत्व कायम गर्न क्रान्तिकारी आन्दोलनको समायोजन गर्ने माओवादी आन्दोलनको विकास गर्नु हो । अहिलेको समस्या समाधान गर्ने तरिका तेस्रो अन्तर्राष्ट्रियभन्दा अर्को उचाइमा त्यस्तो प्रकारको माओवादी अन्तर्राष्ट्रियको विकास गर्नु हो जसले क्रान्तिकारी आन्दोलनको विकास गर्दै साम्राज्यवादविरोधी आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्न सकोस् । केवल साम्राज्यवादविरोधी आन्दोलन वा राष्ट्रिय मुक्ति आन्दोलनले साम्राज्यवादी उत्पीडनबाट मुक्ति दिन सक्दैन । त्यति मात्र होइन, त्यसप्रकारको आन्दोलन कुनै न कुनै रूपमा चले पनि त्यो आन्दोलनको नेतृत्व गैरसर्वहाराको हातमा रहने हुँदा उसले मुक्ति प्राप्त गर्ने हदसम्म आन्दोलनलाई दिशानिर्देश गर्न सक्दैन । त्यसकारण क्रान्तिकारीहरूले अथवा सर्वहारा वर्गले सर्वहारा क्रान्तिकारी आन्दोलनको विकास त्यसरी मात्र गर्न सक्छ जब ऊ साम्राज्यवादविरोधी आन्दोलन र जातीय मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्छ ।
वास्तवमा नेपाली जनयुद्धको विकास पनि लामो समयदेखि देशभित्र चल्दै आएको साम्राज्यवादविरोधी आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व सर्वहारा वर्गले गरेको कारणले नै भएको हो । नेपालको माओवादी आन्दोलनकै सन्दर्भमा नितान्त सर्वहारा आन्दोलनको शुद्धताको माग अन्तर्राष्ट्रिय आन्दोलनमा नभएको होइन । हाम्रो पार्टीको सर्वोच्च नेतृत्व र नेतृत्वको टिमबाट विशुद्ध सर्वहारा आन्दोलनको सीमाबन्दी गरेको हुन्थ्यो भने यो कुरा निश्चित छ, यो आन्दोलन आमजनताबाट अलग–थलग पर्ने थियो र साम्राज्यवाद, विस्तारवाद र उसका नेपाली दलालहरूबाट पूरै आन्दोलनको शमन गर्ने खतरा रहन सक्थ्यो । नेपाली सर्वहारा वर्गले वर्गसङ्घर्षको मान्यतालाई विशुद्ध आन्दोलनको मान्यतामा जान दिएन । वास्तवमा विशुद्ध आन्दोलन भनेको कि त जातिवादी हुनसक्छ वा क्षेत्रीयतावादी वा धार्मिक हुनसक्छ वा आतङ्कवादी तर त्यो वर्गीय मुक्तिका लागि हुन सक्दैन । हाम्रो पार्टीले देशका जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरूलाई सुधारवादी आन्दोलनको आवरणमा सर्वहारा आन्दोलनबाट अलग गरेन, बरु त्यसलाई सर्वहारा आन्दोलनको अभित्र अङ्गका रूपमा विकास ग¥यो । जसको कारण नै नेपाली जनयुद्धले यहाँसम्म विकास गर्न सफल भएको हो । यो नै माक्र्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग हो ।
माक्र्सवादकोे सिर्जनात्मक विकाससँग जोडिएको अर्को विषय हो– विचारको विकास । लेनिनले भत्रुभएको थियो– माक्र्सवाद कुनै बनिबनाउ जडसूत्र होइन । यो जीवन्त विज्ञान हो जो निरन्तर विकास भैरहन्छ । यसको रक्षा र प्रयोगबाट यसको विकास हुनसक्छ । माओ त्से तुङले ज्ञानको विकास उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र त्यसको वैज्ञानिक प्रयोगबाट हुन्छ भत्रुभएजस्तै विचार भनेको त्यो ज्ञान हो जसले समाधान हुन नसकेका अन्तरविरोधहरूको वैज्ञानिक समाधान दिन सक्छ । त्यसप्रकारको विचारको विकास वास्तवमा बुर्जुवा सत्ताको निषेध गरी समाजवादी सत्ताको स्थापना, बुर्जवा अधिनायकत्वको अन्त्य गरी सर्वहारा अधिनायकत्वको स्थापनाका लागि सङ्घर्ष र त्यसप्रकारको सङ्घर्षका लागि नयाँ प्रकारले रणनीति र कार्यनीतिको विकास र त्यसको वैज्ञानिक प्रयोगबाट हुनसक्छ । वैज्ञानिक प्रयोगबाट क्रान्तिकारी आन्दोलनमा वैचारिक योगदान पु¥याउनु नेपाली सर्वहारा वर्गको दायित्व हुन्छ ।
जब हामी ‘नयाँ’ को कुरा गरिरहेका हुन्छौँ यो एउटा ऐतिहासिक आवश्यकताजस्तो देखिन्छ । रुसी क्रान्तिका सन्दर्भमा होस् वा चिनियाँ, फिलिपिनी कम्युनिस्ट आन्दोलनका सन्दर्भमा होस् वा इन्डोनेसिया जब पुरानो सत्ताका विरुद्ध नयाँ सत्ताले जन्म लिन्छ र शक्ति सन्तुलनको विशिष्ट स्थितिले द्वैधसत्ताको उपस्थिति गराउँछ त्यति बेला नयाँ प्रयोग, नयाँ कार्यदिशा, नयाँ नीतिजस्ता विषयहरू अगाडि आउने गरेको पाइन्छ । त्यति बेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दुई प्रकारका समस्या देखापर्ने गरेका छन् ः पहिलो समस्या नयाँमा गर्ने प्रक्रियामा जाँदै गर्दा पुरानो सुधारवादी नीतिमा फस्ने खतरा र दोेस्रो, नयाँबाट बच्ने नाममा पुरानो जडसूत्रमा फस्ने खतरा । यी दुवै प्रकारका खतराहरूबाट बच्नका लागि कुनै बनिबनाउ नीति र विधि हुन सक्दैन । यसको फैसला पनि त्यही विज्ञानले गर्दछ जसलाई वैज्ञानिक प्रयोगका रूपमा अभिव्यक्त गरिन्छ । त्यसरी मात्र क्रान्तिकारी आन्दोलनलाई सही दिशामा पु¥याउन सकिन्छ जब नयाँको नाममा पुरानो सुधारवादमा फस्ने खतरा र नयाँ हुँदै सुधारवादमा फस्नेबाट बच्ने नाममा पुरानो जडसूत्रमा फस्ने खतराबाट बच्दै नयाँ तरिकाले क्रान्ति सम्पत्र गर्न सकिन्छ ।
क्रन्तिकारी आन्दोलनले यसकोे ऐतिहासिक अभिभारा पूरा गर्न सकेन भने त्यो आन्दोलन भलै जति नै बलिदानीपूर्ण किन नहोओस्, त्यो जुझारु अर्थवादमा फस्ने खतरा रहन्छ । जुझारु अर्थवादी आन्दोलन खासगरी साम्राज्यवादविरोधी आन्दोलन र जातीय मुक्ति आन्दोलनमा देखापर्ने गरेको छ । सामान्यतया ट्रेड युनियनवादी आन्दोलन त्यही हो जसले समाजको आमूल परिवर्तनका लागि होइन, पुरानो सत्तामा लिपापोती गर्नका लागि, पुरानो सत्ताको ध्वंस गरी नयाँ सत्ता स्थापनाका लागि होइन, पुरानो सत्तामा सुधार र मूलतः आर्थिक उत्रति र प्रगतिका लागि र बुर्जुवा अधिनायकत्वको अन्त्य गरी सर्वहारा अधिनायकत्व स्थापना गर्नका लागि होइन, वर्गसमन्वय र सहअस्तित्वका लागि सङ्घर्ष गर्दछ । त्यसकारण सर्वहारा जनवादको अभ्यासका लागि बुर्जुवा जनवादको अन्त्य र सर्वहारा अधिनायकत्वका लागि बुर्जुवा अधिनायकत्वको अन्त्य गर्ने सङ्घर्षले मात्र सर्वहारा वर्गको ऐतिहासिक दायित्वलाई पूरा गर्न सक्नेछ ।
महान् जनयुद्धको १५ औँ वार्षिकोत्सवका सन्दर्भमा यो कुरा स्पष्ट गर्न आवश्यक हुनेछ– नेपाली क्रान्ति सम्पत्र गर्नका लागि फेरि पनि सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा नेतृत्वको केन्द्रीकरण, सडक, सदन र सरकारको मोर्चामा सङ्घर्ष गर्नुपर्ने अहिलेको अवस्थामा सडकको आन्दोलनमा केन्द्रीकरण गरेर पुरानो सत्तालाई विस्थापित गर्न सकिनेछ र नयाँ सत्ता स्थापना गर्न सकिनेछ । यो प्रक्रियालाई एउटा ऐतिहासिक निष्कर्षमा पु¥याएर मात्रै मालेमावादलाई साँचो अर्थमा नयाँ उचाइमा उठाउन सकिनेछ ।
माघ, २०६६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :