आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेज गर्न माग गर्दै नेकपा (बहुमत) धनुषाद्वारा प्रदर्शन

आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेज गर्न माग गर्दै नेकपा (बहुमत) धनुषाद्वारा प्रदर्शन

जनकपुरधाम : नेकपा (बहुमत) धनुषाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज मधेस प्रदेशको राजधानी रहेको जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको छ ।

आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजीको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा सहभागीहरूले तीनबुँदे सहमति कार्यान्वयन गर्न र राजबन्दी रिहा गर्न आग्रह गर्दै नारा लगाएका थिए ।

प्राप्त समाचारअनुसार नेकपा (बहुमत) धनुषाका नेता–कार्यकर्ताले प्रदर्शनका क्रममा ‘सम्पूर्ण राजबन्दी रिहा गर ! झूट्टा मुद्दा खारेज गर ! ३ बुँदे सहमति कार्यान्वयन गर ! दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद ! वीर सहिद लालसलाम ! नेकपा (बहुमत) जिन्दावाद’ लगायत नारा लगाएका थिए । प्रदर्शनमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य गोविन्दनारायणले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) धनुषाका इन्चार्ज शीतल र सेक्रेटरी नन्दुले पनि ऐक्यबद्धतासहित सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :