नेकपा (बहुमत) सिद्धार्थनगर नगरपालिकामा बालेन

नेकपा (बहुमत) सिद्धार्थनगर नगरपालिकामा बालेन

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर भेलाले बालेनको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ ।
आइतबार आयोजित भेलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीका संयोजक विजय प्रमुख अतिथि थिए भने अतिथिहरूमा नगर इन्चार्ज दीप, युवा जनस्वयम्सेवकका केन्द्रीय सचिव सन्तोष, अनेम सङ्गठन लुम्बिनी ब्युरोकी संयोजक रञ्जिता, अखिल क्रान्तिकारी रूपन्देहीका अध्यक्ष पारस, महिला सङ्गठनकी जिल्ला अध्यक्ष शीतल, कर्मचारी सङ्गठन रूपन्देहीका संयोजक विधान, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ रूपन्देहीका संयोजक अनिल, तिलोत्तमाका इन्चार्ज उज्ज्वललगायत नेताको उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :