नेकपा (बहुमत) धनुषाका संयोजक अर्जुन गिरफ्तार, पार्टीद्वारा अविलम्ब रिहाइको माग गर्दै चेतावनी

काठमाडौँ/नेकपा (बहुमत) धनुषाका संयोजक एवम् मधेस ब्युरो सदस्य मन्दिर खत्वे ‘अर्जुन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको मधेस ब्युरो इन्चार्ज एवम् पार्टी सचिवालय सदस्य नयनले विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा र भत्र्सना गरेका छन् । नयनले अर्जुनको अविलम्ब रिहाइको माग गर्दै सरकारलाई ३ बुँदे सहमति उल्लङ्घन नगर्न चेतावनी पनि दिएका छन् ।

नयनले शनिबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो पार्टीका मधेस ब्युरो सदस्य तथा धनुषा जिल्ला संयोजक कमरेड मन्दिर खत्वे मण्डल ‘अर्जुन’ लाई मिति २०७९ माघ १० गते दिउँसो १२ बजेतिर पार्टी कामको सिलसिलामा हिँड्दै गर्दा दलाल सरकारका पुलिसले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ का नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष पप्पु यादवको घरबाट गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको छ । पार्टी उहाँको गिरफ्तारीको घोर निन्दा र भत्र्सना प्रकट गर्दछ ।’ नयनले सरकारलाई तीनबुँदे सहमति उल्लङ्घन नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।

नयनले विज्ञप्तिमा भनेका छन्, ‘विप्लव नेतृत्वको नेकपालाई पनि प्रतिबन्ध लगाएर परास्त गर्न नसकेपछि केपी ओलीको सरकारले बन्दी कमरेडहरूलाई रिहा गर्छु र नेता–कार्यकर्तामाथिका सबै मुद्दा खारेज गर्छु भनेर नेकपासँग ३ बुँदे सहमति गरेको थियो तर विडम्बना ! शेरबहादुरको नेतृत्वमा सरकार बन्यो तैपनि ३ बुँदे कार्यान्वयन भएन भने अहिले त प्रचण्ड–ओलीकै नेतृत्वमा सरकार छ । यस्तो परिस्थितिमा आफँैले गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने कार्य राज्यले छोडेको छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :