मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध रहेका मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उदयपुर जिल्लाको कटारीमा मङ्गलबार पार्टीको पूर्वी तथा मधेस ब्युरोको संयुक्त बैठक तथा प्रशिक्षणमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी प्रवक्ता सुदर्शनले पार्टीलाई धर्तीमा टेकाउन र जनताको नेतृत्व गर्न अझ धेरै मेहनत गर्न पार्टी केन्द्रीय सदस्यहरूलाई निर्देशन पनि दिए ।

बैठक तथा प्रशिक्षण कार्यक्रममा जेलबाट ५८ दिनपछि रिहा भएका पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सिराहा–सप्तरी इन्चार्ज गणेशलाई प्रमुख अतिथि पार्टी प्रबक्ता सुदर्शनले टीका र खादा लगाएर स्वागत–अभिनन्दन गरेका थिए ।

बैठकमा पार्टी कार्यालय सदस्य तथा बागमती दक्षिण–पश्चिम ब्युरो इन्चार्ज आजादले पनि प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।
उक्त बैठक तथा प्रशिक्षण पूर्वी ब्युरो इन्चार्ज निर्मलको अध्यक्षता र मधेस ब्युरो इन्चार्ज नयनको सञ्चालनमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :