मजदुरका समस्या समाधानका लागि सङ्घर्ष गर्ने क्रान्तिकारी ट्रेड युनियन महासङ्घको निर्णय

काठमाडौँ/अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान गरी त्यसको समाधानका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ । महासङ्घको पाँचौँ पूर्ण बैठक आइतबार काठमाडौँमा सम्पन्न भएको हो ।

बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान गरी त्यसका लागि सङ्घर्ष गर्ने, नेपालको श्रम ऐनभित्र रहेका मजदुरविरोधी धाराहरू तत्काल खारेज गरी श्रमिकपक्षीय कानुन बनाउन सङ्घर्ष गर्ने निष्कर्ष निकालेको महासङ्घले जनाएको छ ।

बैठकले मजदुरहरूको सेवासुविधा महँगीको सापेक्षतामा अत्यन्तै न्यून रहेकाले तत्काल राज्यले तलब, वेतन र दैनिक पारिश्रमिक शतप्रतिशत वृद्धि गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी माघ ६ गते नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रधानमन्त्रीसमक्ष ४४ बुँदे मागपत्र राख्ने क्रममा मजदुरका एजेन्डालाई प्राथमिकता साथ समावेश गरेकाले महासङ्घको बैठकले पार्टीलाई धन्यवाद दिने निर्णय गरेको छ । नेकपा (बहुमत) नै श्रमिक वर्गको सच्चा अभिभावक रहेको कुरा पुष्टि भएको निष्कर्ष निकालिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :