नेकपा (बहुमत) काभ्रेको चौथो बैठक सप्पन्न

नेकपा (बहुमत) काभ्रेको चौथो बैठक सप्पन्न

बनेपा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्ला समितिको चौथो बैठक बनेपामा बिहीबार सप्पन्न भएको छ । उक्त बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी सत्ता अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण गरी निरन्तर क्रान्ति अघि बढाउनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि पार्टी सचिवालय सदस्य एवम् बागमती पूर्वी ब्युरो इन्चार्ज अटलले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न आमजनताको साथ लिँदै अगाडि बढ्नुपर्ने बताए । उनले क्रान्ति सम्पन्न गर्न कुराभन्दा काम धेरै गर्नुपर्ने बताए ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य बाबुराम गजमेरले कार्यकर्ताहरू निरास नबनी क्रान्तिमार्गमा अविचल लागिरहनुपर्ने बताए ।
बैठकको अध्यक्षता तथा सञ्चालन पार्टीका जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :