विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रमा प्रवेश नदिने गलत निर्णय ७२ घन्टाभित्र सच्याउन बालेन प्रशासनलाई अखिल क्रान्तिकारीको चेतावनी

विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रमा प्रवेश नदिने गलत निर्णय ७२ घन्टाभित्र सच्याउन बालेन प्रशासनलाई अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी काठमाडौँले काठमाडौँ महानगरपालिकाअन्तर्गत बालेन प्रशाासनको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध भन्दै निकालेको परिपत्रप्रति खेद व्यक्त गर्दै ७२ घन्टाभित्र निर्णय सच्याउन चेतावनी दिएको छ । सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका क्रान्तिकाकरीका जिल्ला संयोजक मिमबहादुर ऐडीले जारी गरेको प्रेस विज्ञप्तिमा त्याग, बलिदान र रगतको भेलबाट स्थापना भएको विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध भनेर परिपत्र निकाल्नु मूर्खतापूर्ण रहेको भन्दै समयसीमाभित्र निर्णय नसच्याइएका संघर्षका नयाँ कार्यक्रम सुरु गरिने उल्लेख छ ।

संयोजक ऐडीले भनेका छन्, ‘विद्यार्थी र अभिभावकको ढाड सेकिने गरी लुट्न पल्किएका शैक्षिक माफियाहरूको नाइके तथा शैक्षिक दलाल काठमाडौँ महानगर शिक्षा अधिकारी रामप्रसाद सुवेदीको यो निकृष्ट कार्यको घोर भत्र्सना गर्दछौँ । गलत निर्णयलाई तत्काल ७२ घन्टाभित्र सच्याउन कथित बालेन प्रशासनलाई चेतवानी दिन चाहन्छौँ । गलत निर्णय नसच्याएमा थप चरणबद्ध सङ्घर्ष घोषणा गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

बलिदान, त्याग समर्पणको पर्याय हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा देखिएका तमामखाले विकृति–विसङ्गतिका विरुद्घ तथा राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत वर्गीय पक्षधरताको सवालमा पनि सक्रिय सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ । आज पनि नेपालको कुनै पनि विद्ययार्थीको शिक्षा तथा सुरक्षाको हिसाबले राज्यसत्ता जिम्मेवारीविहीन र निकम्मा साबित हुँदै आएको छ । अर्कोतिर शैक्षिक माफियाहरू विद्यार्थी तथा अभिभावकलाई लुट्नकै लागि शैक्षिक संस्था नामका भाँडो थापिरहेका छन् र त्यहाँ श्रमशोषण, आर्थिक शोषणजस्ता जघन्य अपराधका घटना घटाउँदै लुकाउँदै आएको अवस्था आज नेपालमा छ ।

सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग र विद्यालयजस्तो संवेदनशील क्षेत्रमा यौनजन्य तथा आपराधिक क्रियाकलापहरूलाई प्रोत्साहित गर्ने ढङ्गले काठमाडौँ महानगरपालिकाअन्तर्गत बालेन प्रशाासनको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले निकालेको परिपत्रको घोर भर्सना गर्दछौँ । बालेन प्रशासनको शिक्षा अधिकारीले प्रकाशन गरेको परिपत्र २०७९/०९/१९ गते उल्लिखित ल्न्इ बलम क्ष्ल्न्इ, धार्मिक सङ्गठनजस्ता सङ्गठनसँग तुलना गरी विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध भनी प्रकाशित परिपत्र खेदजनक छ । त्याग, बलिदान र रगतको भेलबाट स्थापना भएको विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध भनेर निकालिनु मूर्खता हुनेछ । विद्यार्थी र अभिभावकको ढाड सेकिने गरी लुट्न पल्किएका शैक्षिक माफियाहरूको नाइके तथा शैक्षिक दलाल काठमाडौँ महानगर शिक्षा अधिकारी रामप्रसाद सुवेदीको यो निकृष्ट कार्यको घोर भत्र्सना गर्दछौँ । गलत निर्णयलाई तत्काल ७२ घन्टाभित्र सच्याउन कथित बालेन प्रशासनलाई चेतवानी दिन चाहन्छौँ । गलत निर्णय नसच्याएमा थप चरणबद्ध सङ्घर्ष घोषणा गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :