रामेछापमा सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस मनाइयो

रामेछापमा सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस मनाइयो

मन्थली (रामेछाप) : नेकपा (बहुमत) रामेछापले जिल्लाको सुनापती गाउँपालिका वडा नं. १ स्थित सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस सम्पन्न गरेको छ । बेथान पानीघाटको लडाइँमा बलिदान गर्ने सहिद दिलमाया बम्जनको नाउँमा निर्मित चौतारोमा वीरता दिवस मनाइएको हो ।

पार्टीका जिल्ला इन्चार्ज अग्रीमको प्रमुख आतिथ्य, जिल्ला संयोजक उजिरको अध्यक्षता, जिल्ला कार्यालय सदस्य ध्यानबहादुर तामाङको सञ्चालन र अखिल नेपाल महिला सङ्गठन रामेछापकी अध्यक्ष सीता गौतम र श्री जागृति आधारभूत निमाविका प्रधानाध्यापक दीपक चौलागाईंको आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि अग्रीम, महिलानेत्री सीता र प्रअ चौलागाईंले बेथान वीरता दिवसका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :