जिल्ला नेता रमेशमाथि साङ्घातिक आक्रमणको नेकपा (बहुमत) उदयपुरद्वारा भत्र्सना

जिल्ला नेता रमेशमाथि साङ्घातिक आक्रमणको नेकपा (बहुमत) उदयपुरद्वारा भत्र्सना

काठमाडौँ : नेकपा (बहुमत) उदयपुरले पार्टीका जिल्ला सदस्य दानबहादुर कटुवाल ‘रमेश’ माथि आपराधिक तत्वको योजनामा गौरव भन्ने गौरबहादुर कटुवालको नेतृत्वमा विशाल कटुवाल, पर्वत कटुवाल, प्रवीण कटुवाल, सुपर कटुवाल, उषा खत्री र निर्मला कटुवालसमेतको जत्थाले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला संयोजक जटिलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आपराधिक आक्रमणको घोर निन्दा एवम् भत्र्सना गरिएको छ ।

घटनाका विषयमा संयोजक जटिलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, २०७९ साल पुस १६ गते उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. १० बरडाँडास्थित सार्वजनिक सडकबाट विद्युत् पोल विस्तार गर्न लाग्दा विवाद भएर त्यसउपर छलफलका लागि वडा नं. १० का वडाध्यक्षलगायत समाजका भद्रभलाद्मी बसी छलफल गरिरहेको अवस्थामा हाम्रो पार्टीका जिल्ला सदस्य क. दानबहादुर कटुवाल ‘रमेश’ माथि केही आपराधिक तत्वको योजनामा गौरव भन्ने गौरबहादुर कटुवालको नेतृत्वमा विशाल कटुवाल, पर्वत कटुवाल, प्रवीण कटुवाल, सुपर कटुवाल, उषा खत्री र निर्मला कटुवालसमेतको जत्थाले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त आपराधिक आक्रमणको हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । साथै घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछौँ ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केही आपराधिक तत्वको योजनामा सुनियोजित तरिकाले आक्रमण भएको तथ्य प्रमाण हाम्रो पार्टीले प्राप्त गरेको छ । उदयपुर जिल्ला अदालतमा विचाराधीन बलात्कारको मुद्दालाई प्रभावित बनाउने कुत्सित मानसिकताका साथ निजहरूद्वारा घटना गराइएको बुझिन आएको छ । यसर्थ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :