अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट चितवनको भरतपुर महानगर समिति अन्तरर्गत अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार कृश्र लामाको अध्यक्षता तथा जीवनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १९ सदस्यीय मजदुर कमिटीसमेत गठन गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवनले मजदुर तथा किसानहरु भनेको समग्र देश वा विश्वको भरणपोषण गर्ने अभिन्न अङ्ग रहेको र समग्र राष्ट्रको विकास एवम् सम्बर्र्धनको लागि यो पनि एउटा मुल कारक शक्ति रहेकोले समग्र मजदुरहरु एकजुट भइ मजदुरको हकहित संरक्षणको लागि सङ्गठित हुनु पर्नेमा विकल्प नरहेको बताए । यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका चितवन जिल्ला संयोजक आकासले मजदुरहरुको हकहितको रक्षाका लागि महासंघ निरन्तर सङ्घर्षरत रहेको र सबै खाले मजदुरहरु सङ्गठित हुँदै एकाकार हुनुपर्ने कुरामा विकल्प नरहेको कुरा प्रष्ट पारे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जीवन, अतिथिहरु अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक विकास, महानगर संयोजक काका, देवि भुजेल, गोमा र सन्तोसलगायतको उपस्थिति रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :