जुझारु अर्थवाद र विप्लवको ‘समाजवादी’ अर्थशास्त्र– ५

जुझारु अर्थवाद र विप्लवको ‘समाजवादी’ अर्थशास्त्र– ५

विप्लवले आफ्नो लेखमा गुनासो पोखेका छन्, ‘सुदर्शन–कञ्चनको दृष्टिमा हामी ‘जुझारु अर्थवादी’ भएका छौँ । किन रे भने हामीले पैसा धेरै उठायौँ, बचत ग¥यौँ, जमिन किन्यौँ, घर हाल्यौँ, भौतिक संरचनाहरू बनायौँ ।’ एकदम सही कुरा, धन्यवाद विप्लवलाई !! उनी अगाडि प्रस्टीकरण दिँदै लेख्छन्, ‘जुझारु अर्थवादी’ शब्द लेनिनले बीसौँ शताब्दीमा रुस र युरोपका सुधारवादी, अर्थवादी टे«ड युनियनवादीहरूबारे गरेको विश्लेषण हो । जो मजदुरहरूका बीचमा सङ्गठन गर्दथे र मालिकहरूका विरुद्ध सङ्घर्ष पनि गर्दथे तर उनीहरू मजदुरवर्गीय सत्ताका लागि नभएर आर्थिक माग र सुधारका लागि लड्दथे । उनीहरूका कारण क्रान्तिलाई धक्का पुग्दथ्यो ।’ यसमा विप्लवले थप्न बिर्सिएको वा छुटाएको कुरा के हो भने, एक्काईसौँ शताब्दीको भूमण्डलीकृत उदार पुँजीवादी प्रणालीमा आउँदा लेनिनको समयमा मजदुर आन्दोलन तथा कम्युनिस्ट आन्दोलनमा देखिने गरेको जुझारु अर्थवाद– अथवा जुझारु ट्रेड युनियनवाद एक्काईसौँ शताब्दीको जुझारु आर्थिक सङ्कलनवादतिर विकास भएको छ र त्यो जुझारु अर्थवाद विप्लवको आर्थिक सङ्कलन गर्ने जुझारु अर्थवादमा मुखरित भएको छ । हामीले विप्लव–प्रकाण्ड गुटलाई भनेको कुरा त्यही हो । जुन तथ्यहरूको खण्डन उनले आफ्नो बुझाइ र व्यवहारमा ल्याउने शुद्धीकरणबाट मात्र सम्भव छ, मोफसलका तर्क र दलिलबाट सम्भव छैन ।
विप्लवले भनेको एउटा तथ्य निश्चित रूपमा सही नै हो– थबाङमा हल बनाइयो, देशका विभित्र स्थानमा विभित्र प्रकारका संरचनाहरू पनि बनाइए । नेताहरूको आवासको व्यवस्थापन गर्न पहल पनि गरियो । त्यसको राम्रो प्रभाव परेको पनि थियो र पार्टीप्रति सहयोग गर्ने दाताहरूका लागि देखाउने वस्तु बनेको पनि थियो । त्यस्तै उत्पादनका लागि जोड दिने कुरा पनि गरिएको थियो र त्यसले राम्रो गति लिएको पनि थियो । पार्टीमा निर्णय गरेर उत्पादनका लागि केही जमिन पनि खरिद गरियो जसमध्ये विप्लवसँग बीसौँ बिघा जमिन रहेको छ तर बाहिर यो खसीको टाउको देखाएर विप्लव–प्रकाण्ड गुटले भित्रभित्रै कुकुरको मासु पकाएको कुरा त्यति बेला उदाङ्गो भयो जति बेला विप्लवले खरिद गरेको जमिन भत्रे हामीसँगै हुँदासम्म पार्टीमा सार्वजनिक गरिएको थिएन । प्रकाण्डले विभित्र ठाउँमा पार्टीकै सम्पत्तिले बनाएका घर र खरिद गरेका जमिनहरू पार्टीमा कहिल्यै जानकारी गराइएन । समय–समयमा पार्टीभित्र सम्पत्तिको अपचलनको कुरा उठ्दा प्रकाण्ड नै दस हात उफ्रँदै शिलु, भृकुटी, अनिल, माइलालगायत त्यो पार्टीका पदाधिकारीहरूलाई आर्थिक अपचलन गरेको आरोप लगाउने गर्थे, विप्लव र आदर्शहरूले प्रकाण्ड र दर्नालहरूलाई अपचलन गरेको आरोप लगाउने गर्थे । उनीहरूका यी आरोप–प्रत्यारोप उनीहरूका कमजोरीहरू सुधार्न होइन, उनीहरूका सानासाना घटना देखाउँदै आफ्ना अपचलन छोप्नका लागि हुने गर्थे । यसरी उनीहरूले पार्टीका नाममा अपचलन गरेको, लुकाएको र लुकाएर खरिद गरेको जमिन, घरघडेरी, जम्मा गरेको पैसाको कुनै हिसाब पार्टीमा आएको थिएन र सायद त्यो विप्लवको मिलोमतोमै गायब गरिएको छ । पार्टीभित्र देखिने तमाम कमीकमजोरीहरू क्षणिक, परिस्थितिजन्य र स्वाभाविक मान्दै त्यसलाई सुधार्दै जाने सर्तमा ‘क्रान्तिलाई पकड, उत्पादनलाई विस्तार गर’ भत्रे माओवादी नीतिका साथ विप्लवलाई सहयोग गरिएको थियो तर उत्पादनलाई जोड देऊ र क्रान्तिको विसर्जन गर भत्रे विसर्जनवादी नीति विप्लवमा देखाप¥यो । विप्लव र प्रकाण्डका समस्याहरू कहिलेकहीँ सतहमा पनि आउने गर्थे तर पार्टी र क्रान्तिका लागि ती सबै समस्यामा ‘कम्प्रमाइज’ गरिन्थ्यो किनकि क्रान्तिका अगाडि आर्थिक विषय गौण मानिन्थ्यो । फेरि पनि यहाँ स्पष्ट गर्नुपर्ने तथ्य के हो भने विप्लव पैसा उठाउन, वचत गर्न, लुकाउन, प्रयोग गर्न कति सफल भए वा भएनन् भत्रे बिल्कुल होइन, मुख्य कुरा के हो भने उनी जब समाजवादी नीति परित्याग गर्दै संसद्वादी नीतिमा प्रवेश गरे, त्यो नै उनको वैचारिक पतनको द्योतक बन्यो । आधारभूत रूपले वैचारिक स्थिति सही छ भने मानिसमा आउने सहायक विचलनहरू सुधार गर्न सकिन्छ तर आधारभूत रूपले वैचारिक पतन भएको मानिसले सम्पूर्ण रूपमा सकारात्मक सम्भावनालाई निषेध गर्छ । विप्लवमा त्यही वैचारिक पतन हुनुको कारण नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएको हो र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुनर्गठित गरेका हौँ ।
जहाँसम्म सुदर्शनलाई ‘हाम्रो पार्टीमा आउनुअगाडि जोसँग एक पैसा थिएन, हामीलाई दाङ भेट्न जाँदा पनि बाटामा कमरेडहरूले गाडीमा तेल हालिदिनु पर्दथ्यो ऊ अहिले करोडपति भइसक्यो, ऊ अर्थवादी नहुने, पार्टीको पैसा लुकाउने र लाटसाहेबजस्तो जीवन बिताउने, आफ्नै परिवारका नाममा सम्पत्ति जोड्ने अर्थवादी नहुने, पार्टीलाई नसोधेर घर ठड्याउने, पार्टीको पैसा आआफ्ना खातामा जम्मा पार्ने, यताउता गर्दै खेतबारी जोड्ने अर्थवादी नहुने तर पार्टीको सम्पूर्ण आर्थिक लेनदेनलाई संस्थागत प्रणालीमा लैजाने र नीतिअनुसार चल्ने अर्थवादी हुने, पार्टीलाई घाटामा जान नदिने र पुँजी वृद्धि गर्ने जुझारु अर्थवादी हुने ? यो कस्तो अर्थशास्त्र हो ! हाम्रो दृष्टिमा यो माक्र्सवादी अर्थशास्त्र नभई सुदर्शन–शास्त्र हो !’ भन्दै लगाइएको आरोपको कुरा छ त्यसमा कुनै दम छैन । त्यति मात्र होइन, त्यसप्रकारको आरोप लगाउने नैतिकतासमेत विप्लवमा छैन । पार्टीको पैसा प्रयोग गरेर आफ्नी पत्नीका नाममा काठमाडौँमा घडेरी कित्र पैसा जम्मा गरिदिने, सहिद परिवारका छोराछोरीहरू पढ्न नपाइरहेको अवस्थामा लाखाँै रुपैयाँको सुविधासहित पार्टी प्रतिष्ठा बेचेर विप्लवका छोराहरूलाई निःशुल्क पढाउन मद्दत गर्ने कमरेडहरू अहिले पनि विप्लवको वरिपरि नै छन् । परिस्थितिबस गरिएका विषयलाई विप्लवले अनावश्यक रूपमा खोतल्दै हिँड्नु त्यति शोभनीय नहोला किनभने विप्लवले भनेजस्तै विप्लवको चरित्र ‘काम्लोले मुख ढाकेर घ्यू खाने पाखण्डीभन्दा पनि कम लिच्चड छैन ।’
विप्लवले जहाँसम्म सुदर्शनमाथि अत्रपूर्णको आर्थिक लेनदेनबारे लगाएको आरोप छ त्यसको खण्डन बाह्रौँ बैठकमा यो मामिलामा नजिकबाट सहभागी रहेका कृति, आदर्शलगायत केही कमरेडहरूले स्पष्टीकरण दिइसकेका थिए । उनीहरूले बैठकमा स्पष्टसँग भनेका थिए, ‘सुदर्शनको कुनै गल्ती छैन र गलत आरोप लगाउनु उचित हुँदैन ।’ त्यसपछि विप्लव स्वयम्ले यो मिलिसकेको विषय भनेर पटाक्षेप गरेको कुरा थियो । यो विषयलाई विप्लव स्वयम्ले उठाउनु वा अरू साथीहरूलाई उठाउन लगाउनुमा विप्लवको प्रतिशोधपूर्ण दोहोरो चरित्र देखापर्छ । बरु सञ्चार माध्यमदेखि सहभागीहरूले उठाएको विषय के हो भने अत्रपूर्णमा जति करोड रुपैयाँका लागि विप्लवका भित्र माध्यमबाट मोलतोल भएको थियो त्योभन्दा थोरै रकम आएकाले धक्कु दिनका लागि फिर्ता गर्न लगाइएको थियो । विप्लव–प्रकाण्डका लागि रुपैयाँ–पैसा सर्पको मुखमा छिरेको भ्यागुतोसरह हुने भएपछि त्यही पचास–साठी लाख पनि फिर्ता भएन । अन्ततः त्यो रुपैयाँ पिलोजस्तै पार्टीको आन्तरिक जीवनमा जेलिँदै गयो । रोमाञ्चवादी विप्लवका रोमान्टिक तर्क त के छन् भने उनले जसको जति पैसा लुटे पनि उनको अधिकारको विषय हो तर अरू कमरेडहरूले पार्टीको काममा कुनै पनि हालतमा परिचालन गर्न पाइँदैन । रोमाञ्चवादी विप्लव धोती फुस्किने गरी रोमान्टिक चिल्लाहट चिल्लाइरहेका छन्, त्यो नेपाली उखान ‘हग्नेलाईभन्दा देख्नेलाई लाज’ भनेजस्तै भएको छ । जस्तो भए पनि पैसाकै लागि कोकोहोलो मच्चाउने विप्लवलाई भन्दा उनको रोदन सुत्रे दुनियाँलाई लाज भएको छ !! तर यो विषय यति गम्भीर छ कि उनले गरेको हर्कतबारे नै स्पष्ट राखिँदिदा विप्लवको इमानदारी देखिएला । आर्थिकबारे जुन स्तरमा विप्लवले सुदर्शन, गुणराजलगायत साथीहरूलाई जोडेर आलेखमा बयान गरेका छन् त्यसले पैसामाथि उनको जुकेचरित्र देखापर्छ । वास्तवमा उनी विप्लवबाट बिट्लवमा परिणत भएका छन् । बिट्लव भनेको विटक्विनमा चिप्किने भनेको हो । पैसामाथिको जुके चरित्र भनेको दालल पुँजीवादी उत्पादन चरित्र हो र विप्लवको उत्पादनको अर्थतन्त्र दलाल पुँजीवादी चरित्रभन्दा फरक छैन ।
जहाँसम्म उनले साम्राज्यवादी तत्वहरूको भूमिकाको कुरा गरेका छन् विप्लव–प्रकाण्ड गुट हाम्रा कमरेड टुकलालमाथि हमलासम्म आउँदा जानी–नजानी, सचेत वा अवचेतनमा, सबैखाले साम्राज्यवाद र प्रतिक्रियावादको गोटीको भूमिका निर्बाह गरेका छन् । यो गुटको चरित्र, नीति, राजनीतिक दरिद्रता र विक्षिप्तताले अरू आपराधिक हुन दुरुत्साहित गर्नेछ र उनीहरू सामाजिक अपराधी गुटका रूपमा उद्दण्डता देखाउनेछन् ।
विप्लवले हाम्रो पार्टीले विश्लेषण गरेको रणनीति, कार्यनीति, कार्यक्रमको शङ्खला अध्यन गरे पछि आफ्नो लेखमा भनेका छन्, ‘उनीहरूको व्याख्या हेर्दा हाम्रोभन्दा फरक केही छैन । अनि यत्रो रडाको मच्चाउनुको अर्थ के भयो त !’ यसबाट भन्न सकिन्छ कि विप्लवले न आफ्नो एकीकृत जनक्रान्ति बुझेका छन् (किनकि यसको शब्द चयन आधा दीपक र आधा रवीन्द्रबाट गरिएको थियो), न त हामीले तय गरेको नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा । विप्लव जसरी एकीकृत जनक्रान्तिमा सारसङ्ग्रहवादी, कुहिरोको काग र हराएको बिरालोजस्तै भौँतारिएका छन्, उनको अहंकार, आडम्बर, अजीर्णता र पाखण्डीपनाका कारण हामीले सम्पादन गरेको समग्र कार्यदिशाको भेउ पाउनु पनि मुस्किल हुनेछ तर उनले आगामी दिनहरूमा हाम्रो समग्र कार्यदिशाको शृङ्खला पछ्याउन सके भने, ‘फरक केही छैन’ भनेरै किन नहोस्, नेपाली क्रान्ति, नेपाली समाजको परिवर्तनको हितमा आए भने र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सेवा गर्न आफ्ना कमजोरीहरू सच्याउन सके भने त्यसलाई हामीले निश्चित रूपमा स्वागत गर्नेछौँ । त्यसका लागि विप्लवलाई धन्यवाद पनि दिनेछौँ । पहिलेको जस्तै हामी सहकार्य गर्न तयार पनि हुनेछौँ । विप्लवको अहंकारी अजीर्णता हराउन सम्भवतः कहिल्यै सम्भव हुनेछैन । भैहाल्यो भने पनि त्यसका लागि लामो समय पर्खनुपर्ने छ ।
विप्लवले त्यो लेखमा आर्थिक विषयमा निकै चर्चा गरेका छन् । उनले आर्थिक आय संस्थागत गरेको, घर किनेको, जमिन किनेको, सबैभन्दा धनी पार्टी बनाउने, सबै पार्टीहरूभन्दा धनी हुने आदि बयान गरेका छन् । यसो हुनुमा कसैका लागि कुनै आपत्तिको विषय हुँदैन । शेष घलेदेखि अजय सुमार्गीसम्म व्यवस्थित, धनी र सम्पत्र हुन कसैको आपत्ति हुँदैन भने विप्लव–प्रकाण्ड धनी हुन किन नहुने ? जहाँसम्म पारदर्शिताको कुरा छ, सबै पारदर्शी नै छ । व्यवसायी यती ग्रुपदेखि ओम्नीसम्म र राजनीतिज्ञ विप्लवदेखि प्रकाण्डसम्म सबै पारदर्शी नै छन् । यो त्यति नयाँ कुरा पनि होइन । उनले भनेजस्तै पार्टीको आर्थिक प्रणाली संस्थागत हुनसक्छ, विप्लव–प्रकाण्डका तमाम डोजर चलेका छन्, गिट्टी–बालुवाका ठेक्काहरू नियन्त्रणमा छन्, बैङ्क चलेको छ, वैदेशिक व्यापार चलेको छ, पेट्रोल पम्पदेखि क्यासिनोसम्म लगानी फैलिएको छ । यो अवस्थामा विप्लव–प्रकाण्ड समूह विप्लवले भनेजस्तै र व्यवहार गर्दै आएजस्तै धनी नहुने कुरा पनि भएन । हाम्रो चासोको विषय उनको आर्थिक सम्पत्रता र दरिद्रतामा होइन, हाम्रो चासोको विषय उनको वैचारिक दरिद्रतासँग हो र हाम्रो चासोको विषय कम्युनिस्टका नाममा कम्युनिस्टको बदनाम गर्ने हर्कतसँग हो ।
क्रमशः अर्को अङ्कमा

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :