राजकुलो मिचेर अनियमिततापूर्वक थालिएको निर्माणकार्यप्रति नेकपा (बहुमत) भीमेश्वरको आपत्ति

राजकुलो मिचेर अनियमिततापूर्वक थालिएको निर्माणकार्यप्रति नेकपा (बहुमत) भीमेश्वरको आपत्ति

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा भीमेश्वर नगर समितिले राजकुलो नै मिचेर अनियमित र अपारदर्शी तरिकाले निर्माण गर्न लागिएको मैदाने सडकको कामप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका नगर इन्चार्ज ईश्वरले वक्तव्य जारी गर्दै स्टिमेटअनुसार निर्माणको काम नभएको, एकाघरका मानिस जम्मा गरी समिति बनाइएको, राजकुलो मासिएको र सर्वसाधारणलाई बजेट आएको जानकारी नगराइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ईश्वरले प्रेस वक्तव्य जारी गर्दै निर्माण समितिलाई बारम्बार जानकारी गराउँदा र सार्वजनिक सूचना जारी गर्न भन्दा पनि कुनै जानकारी नदिई काम रोकेकाले यसप्रकारका गतिविधिको भण्डाफोर गर्ने, कमिसनमा काम दिनेलाई नछोड्ने र स्टिमेटअनुसार काम नभए कारबाही गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :