वित्तीय शोषण बन्द गर्न लघुवित्तहरूलाई नेकपा (बहुमत) को चेतावनी

वित्तीय शोषण बन्द गर्न लघुवित्तहरूलाई नेकपा (बहुमत) को चेतावनी

गोरखा : नवसामन्तवादका रूपमा अहिले गाउँदेखि सहरसम्म फैलिएका लघुवित्तीय संस्थाहरूले चर्को ब्याजमा दिदीबहिनीलाई विभिन्न प्रलोभनमा आर्थिक शोषण गरिरहेको भन्दै नेकपा (बहुमत) गोरखाले यसका विरुद्ध सङ्घर्ष गर्न सबैलाई आग्रह गरेको छ । पार्टीका जिल्ला इन्चार्ज कमल खड्का र संयोजक नवराज खड्काले प्रेस विज्ञप्ति जारी गर्दै देशका ७७ वटै जिल्लामा रहेका लघुवित्त संस्थाहरूले ५८ लाख दिदीबहिनीको ९१ अर्ब ७५ करोड ऋण प्रवाह गरेकोमा विभिन्न ठाउँमा ब्याज, पेन्सन बचत, सेवाकर, बैठक शुल्क, जरिबानालगायत विभिन्न शीर्षकमा ठगी गर्दै आएको र कतिपय ठाउँमा आत्महत्या गर्ने अवस्थामा पु¥याएको उल्लेख गरेका छन् । नेपालमा कैयौँ दिदीबहिनीले लघुवित्तीय संस्थाका कारण आत्महत्या गरेको भन्दै विज्ञप्तिमा यसकै कारण कैयौँ दिदीबहिनी घरवारविहीन भएको उल्लेख छ । विज्ञप्तिमा गोरखामा रहेका लघुवित्तीय संस्थाहरूलाई वित्तीय शोषण बन्द गर्न कडा चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :