झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा : मतदान चलिरहँदा झापामा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) झापाले भद्रपुर वडा नं ७ सरस्वतीचोकमा रहेको वीरेन्द्र माविमा रहेको मतदान केन्द्रमै प्रदर्शन गरेको हो । यस्तै झापाको सदरमुकाम चन्द्रगढीमा पनि प्रदर्शन र कोणसभा गरिएको छ ।

उक्त कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाका सदस्य कमल सहनीले संसदीय निर्वाचन जनतालाई धोका मात्र भएकाले आफ्नो पाटीले अवज्ञा गरेको बताए । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था नै उत्तम व्यवस्था भएकाले समाजवाद स्थापनाको बाटोमा अघि बढ्न उनले सबैलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :