नेकपा (बहुमत) द्वारा बझाङमा कोणसभा सम्पन्न

नेकपा (बहुमत) द्वारा बझाङमा कोणसभा सम्पन्न

बझाङ: नेकपा (बहुमत) बझाङ जिल्लाको आयोजनामा जयपृथ्वी नगरपालिका १ कैलासमा चुनाव अवज्ञा कोणसभा सम्पन्न भएको छ । कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले दलाल संसदीय व्यवस्थाको चुनावको कुनै औचित्य नभएको बताए ।कोणसभामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कुमार शाही ‘सुदीप’, पार्टी जिल्ला कार्यालय सचिव कृष्णबहादुर सिंहलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :