दाङका सबै उम्मेद्वारहरुको घरघरमा कालो व्यानर

दाङका सबै उम्मेद्वारहरुको घरघरमा कालो व्यानर

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङले संघ र प्रदेशका सम्पुर्ण उम्मेदवारहरुको घरघरमा कालोब्यानर झुन्ड्याएको छ ।संसदीय चुनाव अवज्ञा कार्यक्रम अन्तर्गत दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि “मंसिर ४ को कथित संघ र प्रदेशको चुनाव अवज्ञा गरौँ, दलाल संसदीय व्यवस्थाका मतियारहरु होसियार, राष्टघाति, जनघाति उम्मेदवारहरुलाई अवज्ञा गरौँ ! लेखिएको ब्यानर उम्मेदवारहरुको घर-घरमा झुन्ड्याईएको हो ।संघीय उम्मेद्वारहरू शंकर पोखरेल, दिपक गिरी, कोमल ओली, प्रदेश उम्मेद्वारहरू डिल्ली चौधरी, धनबहादुर मास्के, घनश्याम पाण्डे, हुकुम वहादुर बस्नेत, गिरीराज के.सी., बलिराम राना, राजु खनाल लगाए दाङका सम्मुर्ण उम्मेद्वारहरुको घरमा कालो व्यानर झुन्ड्याएको नेकपा युवा जनस्वयंसेवक दाङले जनाएको छ । संसदीय चुनाव अवज्ञा गर्दै आएको नेकपा (बुहुमत)ले नागरिकहरुलाई विभिन्न जनचेतनामूलक कार्यक्रमहरु कोणसभा, प्रचारप्रसार, भित्ते लेखन जनताहरुसँग अन्तरक्रिया गर्दै संसदीय व्यवस्थाका दलालहरुलाई मतदान नगर्न आह्वान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :