पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

दोभान : पाल्पाको धार्मिक पर्यटकीय स्थलमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो प्रचारप्रसार गरेको छ । धार्मिक पर्यटकीय स्थलका रुपमा पाल्पाको सत्यवति मेलामा हजारौं धर्मावलम्बीहरुले उक्त सत्यवतिमा मेला भर्ने गर्दछन् सोहि अवसर पारेर नेकपा (बहुमत) ले वर्तमान संसदीय व्यवस्थाको अन्त्यका लागि उसले गराउने अगामी मंसिर चार गतेको निर्वाचनमा भोट नहालौं, अवज्ञा गरौं भन्दै हाते पर्चा वितरण गरेको हो । साथै पार्टीले मेलाको सार्वजनिक स्थलहरुमा संसदीय निर्वाचनको अवज्ञा गरौं भन्ने ठूलाठूला पोष्टरहरु टाँसेको छ ।

मेलाका लागि तिनाउ गाउँपालिकाले चारदिन स्थानीय बिदा दिएको छ । सोहि मेलाको मुख्य बजार वुटवलबाट पाल्पा प्रवेश गर्ने प्रवेश गेट, सिद्धबाबा क्षेत्र आदि मानव रामापिथेकस बङ्गरा भेटिएको स्थल, दोभानबजार, झुम्सा बजार, पानीमिल लगायतका स्थानहरुमा पोष्टरहरु टाँसेको छ । साथै सिद्धार्थ राजमार्गको पाल्पा–वुटवलको केराबारी, चरचरे, जोरधारा र डुम्रे खोला बजार लगायतका ठाउँमा समेत प्रचारप्रसार गरिएको नेकपा (बहुमत) पाल्पा जिल्ला कार्यालय सचिव मोहन विक्रमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :