नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाले भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न गरेको छ । नेकपा (बहुमत) पाल्पाले चुनाव अवज्ञा कार्यक्रमलाई लक्षित गरेर उक्त पोष्टरिङ्ग गरेको हो ।

वुटवल–पोखरा सिद्धार्थ राजमार्गका मुख्य बजारहरु बर्तुङ्ग, चिलाङ्गदी, लामिडाँडा, डुम्रे, बास्टारी र बगनासकाली गाउँपालिकाको बराङ्गदी, चापपानी, यम्घालगायतका ठाउँहरुमा व्यापक नाराहरु पोष्टरिङ्ग गरेको छ ।

उक्त नारा पोष्टरिङ्गमा संसदवादको भण्डाफोर गरौँ !, कथित संसदीय चुनाव अवज्ञा गरौँ !, व्यक्ति होइन, सत्ता बदलौँ, सुधार होईन, आमूल परिवर्तन गरौँ !, स्वाधिन संयुक्त सरकार गठनको बाटोमा अघि बढौँ !, जननिर्वाचित कार्यकारी प्रमुखको सुनिश्चितता गरौँ !, नेकपा (बहुमत) जिन्दाबाद !, वैज्ञानिक समाजवाद जिन्दावाद !, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद ! लगायतका नाराहरु लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :