मधेस ब्युरोका निर्वाचन अधिकृतलाई बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र

मधेस ब्युरोका निर्वाचन अधिकृतलाई बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र

काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् ।

सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यसैगरी सिराहामा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा जिल्ला इन्चार्ज सुमन, जिल्ला संयोजक प्रबिन, जिल्ला सदस्य अजय, महिला सङ्गठनकी जिल्ला संयोजक पुनम महरालगायतको टोलीले कालीबहादुर राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

रौतहटमा पार्टी जिल्ला संयोजक दीपक, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय उपाध्यक्ष सन्जु, अखिल नेपाल महिला सङ्गठनकी जिल्ला उपाध्यक्ष सरिता, दलित मुक्ति मोर्चाकी ब्युरो सदस्य प्रेम देवी, मगर मुक्ति मोर्चाका सदस्य नरबहादुरसहितको टोलीले निर्वाचन अधिकृत रौतहट छोटेलाल दासलाई ज्ञापनपत्र बुझाएको थियो ।

त्यसैगरी सप्तरीमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा जिल्ला इन्चार्ज सुमन, जिल्ला संयोजक प्रवीण, अखिल नेपाल महिला सङ्गठनकी जिल्ला संयोजक पुनम महरा, जिल्ला सदस्य अजयसहितको टोलीले निर्वाचन अधिकृत विश्वबन्धु पौडेललाई ज्ञापनपत्र बुझाएको थियो ।

धनुषाका निर्वाचन अधिकृतलाई युवा जनस्वयम्सेवक नेपालका जिल्ला संयोजक समीर, अखिल नेपाल महिला सङ्गठनकी जिल्ला संयोजक सीतादेवी माझी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का जिल्ला संयोजक लक्षुमण मण्डल, राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला संयोजक दीपेन्द्र माझीले ज्ञापनपत्र बुझाएका थिए ।

महोत्तरीमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष आयुष घिमिरे, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का ब्युरो सदस्य चन्द्रबहादुर श्रेष्ठ, अखिल नेपाल महिला सङ्गठनकी जिल्ला संयोजक गीता खड्का, मजदुर सङ्गठनका विष्णु उप्रेती, मगर मुक्ति मोर्चालगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

यसैगरी आइतबार देशैभरिका निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :