युवा जनस्वयम्सेवक कास्कीमा लोकेन्द्र

युवा जनस्वयम्सेवक कास्कीमा लोकेन्द्र

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल, कास्कीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । पोखरामा आयोजित सम्मेलनले लोकेन्द्र राई अध्यक्ष रहेको ३३ सदस्यीय युवा जनस्वयम्सेवक कास्की जिल्ला समिति चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा जनस्वयम्सेवक नेपालका अध्यक्ष हरिश भट्टले सत्तासङ्कटको समाधानका लागि क्रान्तिको अग्रदस्ता, विद्रोहका अग्रदस्ता र जेल मोर्चाको अग्रदस्ताका रूपमा रहेको, माओवादी आन्दोलनको विरासत बोकेको सङ्गठन युवा जनस्वयंसेवक नेपालले त्यसको समाधानको बाटो कोर्ने बताए ।

कार्यक्रममा नेकपा (बहुमत) कास्की–स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुलीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको परिवर्तनको हिमायती युवाहरू रहेको बताए । उनले नेपालमा अझसम्म नेपाली श्रमिक जनताको सत्ता नआएको प्रस्ट पार्दै सहिद–बेपत्ताको सपना साकार नपारेसम्म, उत्पीडित वर्गको सत्ता नल्याएसम्म आफूहरू क्रान्तिमार्गमा अविचलित भएर लागिरहने बताए । वैज्ञानिक समाजवादी सत्ता नै नेपाली जनताको सत्ता रहेको भन्दै पराजुलीले त्यसका लागि युवाहरू सङ्गठित भई निरन्तर लाग्नुपर्नेमा जोड दिए ।

सम्मेलन सफलताको शुभकामना दिँदै अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले दलाल, लघुवित्तीय शोषणका विरुद्ध नवनिर्वाचित सङ्गठन निरन्तर लागिरहने विश्वास व्यक्त गरे । दुस्मनका अखडालाई ध्वस्त पार्न र भ्रष्टाचारी–बलात्कारीको सातो लिनसक्ने सङ्गठन निर्माण हुने उनको विश्वास थियो ।

नेकपा (बहुमत) तनहुँ–लमजुङ जिल्ला इन्चार्ज सुजनले बेथितिका विरुद्ध लड्न र वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउन नवनिर्वाचित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीले कास्की जिल्लामा रहेका युवाहरूको नेतृत्व गर्दै जिल्लामा युवामाथि भएको शोषण, दमनका विरुद्ध आन्दोलन गर्दै भण्डाफोर गर्न शुभकामना दिए । उनले युवा दसता आवश्यकताअनुसार गुन्डाहरूका खुट्टा भाँच्नसमेत पछि नपर्ने बताए ।

कार्यक्रममा युवा जनस्वयम्सेवक गण्डक ब्युरो संयोजक प्रमोद सिंह, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाह, अनेरास्ववियु ( क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज हरि बिस्ट, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय महासचिव सागर अर्याललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन युवा जनस्वयम्सेवक नेपाल कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका अध्यक्ष सूर्य परियारले गरेका थिए ।

सङ्गठनको पहिलो बैठकले उपाध्यक्षमा निश्चल जीसी, सचिवमा विनोद सुनार, सहसचिवमा सन्तोष विक र सुलभ तिमिल्सिनाका साथै कोषाध्यक्षमा सूर्य परियारलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :