बझाङमा अभियान सञ्चालन

बझाङमा अभियान सञ्चालन

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत दार्चुला, वैतडी र बझाङ जिल्लाको संयुक्त अभियान बझाङ जयपृथ्वी नगरपालिका-१ कैलास पिमिवादमा कोणसभा सम्पन्न भएको छ ।

सो कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले यो संसदीय व्यवस्था भनेको दलालहरूको ब्रहमलुट मच्चाउने व्यवस्था भएकोले यसको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनाको निम्ति अगाडि बढनुपर्ने बताए । साथै जिल्ला कार्यालय सचिव कृष्णबहादुर सिंह, जिल्ला सदस्य लक्ष्मण सिंह र प्रकाश सिंह लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :