नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला अन्तरगत कालिका नगरपालिका प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले ज्योतिको नेतृत्वमा २१ सदस्यीय नगर कमिटीसमेत गठन गरेको छ ।

भेलामा ज्योतिको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज महेश चौधरी, अतिथिहरू जिल्ला संयोजक विजय शर्मा, घाइते तथा अपाङ्ग योद्धा अध्यक्ष रणदिप, र.न.पा. इन्चार्ज राम र संयोजक अर्जुन, विद्यार्थी नेता सुवास र पूर्ण रुपाल रहेका थिए ।

उक्त भेलामा प्रमुख अतिथि चितवन जिल्ला इन्चार्ज महेश चौधरी अतिथि पूर्ण रुपाल, र रणदिपले बधाई तथा शुभकामना मन्तव्य र जिल्ला संयोजक विजय शर्माले प्यानल प्रस्ताव पेस गरेका थिए भने किरण गौतमले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :