अखिल (क्रान्तिकारी) द्वारा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेश विशेष समितिको आयोजनामा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको हो ।

स्कुलिङ कार्यक्रमा प्रमुख प्रशिक्षकको रुपमा नेकपा (बहुमत) का सचिवालय सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी) का पुर्व केन्द्रीय अध्यक्ष सरद रसाइली र अनेरास्ववियू (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज पुर्णसिंहले प्रशिक्षार्थी विद्यार्थीहरूलाई पार्टी र सङ्गठन बीचको सम्बन्धको बारेमा प्रशिक्षित गरेका थिए ।

सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईले विद्यार्थी सङ्गठनको बारेमा प्रशिक्षित गरेका थिए भने, सङ्गठनकै केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाहले विद्यार्थी आन्दोलनको इतिहासको बारेमा प्रशिक्षित गरेका थिए ।

सङ्गठनका केन्द्रीय कोषाध्यक्ष दिपक विष्टको अध्यक्षतामा सम्पन्न एकदिने स्कुलिङ कार्यक्रमको सञ्चालन केन्द्रीय सचिवालय सदस्य गोविन्द विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :