नेकपा (बहुमत) कालीकोटका इन्चार्ज र प्रमुख जिल्ला अधिकारीबीच छलफल

नेकपा (बहुमत) कालीकोटका इन्चार्ज र प्रमुख जिल्ला अधिकारीबीच छलफल

कालीकोट : नेकपा (बहुमत) कालीकोटका इन्चार्ज रणले कालीकोटका प्रमुख जिल्ला अधिकार रामहरि शर्मालाई भेटेर राजबन्दी रिहाइका सबन्धमा छलफल गरेका छन् ।

नेकपा (बहुमत) कालीकोटका जिल्ला समिति सदस्य इन्द्र तिरुवाले दिएको जानकारीअनुसार बिहीबार भएको भेटमा दुई पक्षबीच जिल्लाका समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको थियो ।

प्राप्त जानकारीअनुसार भेटका अवसरमा कालीकोट जिल्ला कारागारमा रहेका राजनीतिक आस्थाका बन्दीहरूको रिहाइका विषयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले गृह मन्त्रालयले आदेश दिएअनुसार बन्दीहरूको नाउँ मन्त्रालयमा पठाइसकेको जानकारी दिएका थिए । सरकारले तीनबँुदे सहमति पालना गरेमा आस्थाका बन्दीहरू छिट्टै छुट्नसक्ने प्रजिअ शर्माको भनाइ थियो ।

प्रजिअ शर्माले कालीकोटको राजनीतिमा क्रान्तिकारी पार्टी र युवाहरूको जिम्मेवारी आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :